बैशाख ७, २०८१ शुक्रबार

विदेशमा सीप, गाउँमा केरा खेती

सुरुङ्गा । झापा गाउँपालिका–३ कामाटोलीका युवा चन्द्रप्रसाद बस्नेतले दुई बर्ष इजरायलमा कृषि तालिम लिई आफ्नै गाउँमा व्यवसायिक केरा खेती सुरु गर्नु गरेका छन् ।

साना किसान कृषि सहकारीको माध्यमबाट एक बर्ष कृषि तालिम गरि फर्केपछि बस्नेतले आफ्नै गाउँमा एग्री सेन्टर झापाको व्यवसायिक फर्म दर्ता गरि व्यवसायिक केरा खेती सुरु गरेका हुन् । बस्नेतले झापा गाउँपालिकामा हाल २० बिगाह जमिन भाडामा लिएर उन्नत जातको केरा खेती सुरु गरेका छन् । यो खेतीलाई अर्को बर्षबाट ५० बिगाह बनाउने समेत बस्नेतले बताए ।

केराको व्यवसायिक उत्पादन गरि केराबाट अन्य विभिन्न परिकार र वाइन समेतको उत्पादन गरि तेस्रो मुलुकमा समेत निर्यात गर्ने योजना रहेको बस्नेतले बताएका छन् । आफुले इजरायल जानुअघिसम्म केरा भोक लाग्दा खाने र पुजा गर्दा चढाउनेमात्रै बुझेकोमा तालिमपछि केराका सयौ गुण र फाइदावारेमा जानकारी पाएकोले यसै खेतीबाट भविष्य बनाउने योजनासहित केरा खेतीमा होमिएको बताए । बस्नेतले केराको फल मात्रै नभएर बुङ्गोको अचार , र पात र थामको विभिन्न थाल टपरी समेत बनाउने जानकारी दिए ।

केराको बेर्ना रोपेको बर्षदिनदेखि उत्पादन सुरु हुने र प्रतिविगाह ४ लाख सम्म आम्दामी लिन सकिने समेत बस्नेतले जनाए । बस्नेतले थालेको केराखेतीको प्रदेश सभा सदस्य झलकसिंह दर्लामी सन्देश , झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी , संविधानसभा सदस्य पुजा खनाल , कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल सिंह , साना किसान सामुदायिक संस्थाका प्रमुख सुवास गौतम , समाजसेवी श्याम ओली , नेकपाका झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाई, मझेरी कृषि फर्मका प्रमुख गोपाल प्रसाई , पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायातले टोलीले केराको बेर्ना रोपी केरा खेतीको विधिवत सुरुवात गरेका छन् ।

प्रदेशसभा सदस्य झलकसिंह दर्लामी सन्देशले देश विकासको रटान जप्नुभन्दा साँच्चैको विकासका लागि काम सुरु गर्न ढिला गर्न नहुने विचार राखे । कृषि प्रधान देश भएकोले कृषिको अत्याधुनिकरण विना देशको विकासको कल्पनै गर्न नसकिने भन्दै काम गर्ने युवालाई सरकारको तीनै तहबाट सहयोग हुने बताए ।

यता कृषि ज्ञानकेन्द्रका प्रमुख निलकमल सिंहले झापामा धान, मकै सुपारीको सुपर जोन घोषणा भैइसकेकोले अव केराको समेत जोन र सुपर जोनको तयारीमा लागिएको बताएका छन् । एउटै क्षेत्रमा ५०० हेक्टर केरा खेती गरिएमा सरकारले केरा जोन घोषणा गर्न सक्ने समेत सिंहले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार  ११ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]