बैशाख १४, २०८१ शुक्रबार

झापाका पालिकालाई बजेटमा विभेद्

गगन ढकाल

झापा । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दा झापाका स्थानीय तहहरुलाई विभेद गरेको छ । स्थानीय तहहरुमा अस्वभाविक रुपमा बजेट घटबढ गरेर वितरण गरिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । नेपालको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड सार्वजनिक गरिएको छ ।

देशको बजेट यती हुँदा संघीय सरकारले कोशी प्रदेशलाई समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान (पुँजीगत प्रकृति) गरेर रु. १६ अर्ब ११ करोड ७० लाख उपलब्ध गराउने भएको छ ।

संघीय सरकारले झापाका विभिन्न पालिकाहरुलाई गरेर कुल रु. सात अर्ब ७९ करोड दुई लाख अनुदान उपलब्ध गराएको छ । झापामा रहेका आठ वटा नगरपालिकाहरुले कुल रु. पाँच अर्ब १९ करोड ३२ लाख उपलब्ध प्राप्त गरेको छ भने झापामा रहेका सात वटा गाउँपालिकाहरुले रु. दुई अर्ब ५९ करोड ७० लाख प्राप्त गरेको छ ।

झापाको सबैभन्दा धेरै संघीय अनुदान प्राप्त गर्ने नगरपालिका दमक नगरपालिका रहेको छ । दमकले रु. ९५ करोड ८९ लाख प्राप्त गरेको छ भने दोस्रो धेरै प्राप्त गर्ने मेचीनगरले रु. ९१ करोड ५५ लाख प्राप्त गरेको छ । यसैगरी तेस्रोमा बिर्तामोड नगरपालिकाले ८८ करोड ८३ लाख प्राप्त गरेको छ भने चौथोमा शिवसताक्षीले रु. ५५ करोड ८५ लाख प्राप्त गरेको छ ।

धेरै संघीय अनुदान प्राप्त गर्ने नगरपालिकाहरु मध्ये पाँचौ स्थानमा रहेको भद्रपुरले रु. ५० करोड ९४ लाख प्राप्त गरेको छ भने छैटौंमा गौरादहले रु. ५० करोड ९२ लाख प्राप्त गरेको छ । यसैगरी सातौंमा अर्जुनधाराले रु. ७४ करोड १६ लाख प्राप्त गरेको छ भने झापाका नगरपालिकाहरु मध्ये सबैभन्दा कम अनुदान प्राप्त गरेको कनकाई नगरपालिकाले रु. ३८ करोड १८ लाख प्राप्त गरेको छ । कनकाई नगरपालिकाले प्राप्त गरेको अनुदान कचनकवल गाउँपालिका र कमल गाउँपालिकाको भन्दा पनि थोरै हो ।

झापाका गाउँपालिकाहरु मध्ये सबैभन्दा धेरै संघीय सरकार मार्फत अनुदान प्राप्त गरेको गाउँपालिका कमल गाउँपालिकाले रु.४६ करोड ३६ लाख प्राप्त गरेको छ भने दोस्रोमा कचनकवलले रु. ४० करोड २५ लाख प्राप्त गरेको छ । यसैगरी तेस्रोमा बुद्धशान्तिले रु. ३८ करोड तीन लाख प्राप्त गरेको छ भने चौंथोमा झापाले रु. ३५ करोड ३७ लाख प्राप्त गरेको छ ।

झापाका गाउँपालिकाहरु मध्ये संघीय सरकारबाट धेरै अनुदान प्राप्त गर्ने पाँचौ स्थानमा रहेको गौरिगञ्जले रु.३४ करोड २७ लाख प्राप्त गरेको छ भने छैटौंमा बाह्रदशीले रु. ३४ करोड नौं लाख प्राप्त गरेको छ । झापामा संघीय सरकार मार्फत सबैभन्दा थोरै अनुदान भने हल्दीबारी गाउँपालिका रहेको छ । हल्दीबारीले रु. ३१ करोड ३३ लाख अनुदान प्राप्त गरेको छ ।

झापाका नगरपालिका र गाउँपालिकाहरुले संघीय सरकारबाट प्राप्त गरेको अनुदानहरु समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान (पुँजीगत प्रकृति) मार्फत प्राप्त गरेका हुन् । नगरपालिका र गाउँपालिकाको आन्तरिक स्रोत थपिएर सबै पालिकाहरुका बजेट बढ्ने छन् ।

प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]