बैशाख ४, २०८१ मंगलबार

झापामा नेपाली युवा उद्यमी मञ्च गठन

बिर्तामोड । झापामा नेपाली युवा उद्यमी मञ्च गठन भएको छ । मंगलवार गठित मञ्जको अध्यक्षमा प्रवेश बस्नेत चयन भएका छन् ।

बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर युवा व्यवसायीहरूको छाता संगठन नेपाली युवा उद्यमी मञ्चको झापा शाखाको विस्तार गरिएको हो । बिर्तामोडका युवा व्यवसायी बस्नेतको अध्यक्षतामा ११ सदस्यीय झापा जिल्ला समिति गठन भएको छ ।

समितिको प्रथम उपाध्यक्ष डा. रूपेश बेलबासे, दोस्रो उपाध्यक्ष गणेश पौडेल, सचिव आयुष बजगाईं, कोषाध्यक्ष मालास सिलवाल रहेका छन् ।

त्यस्तै, मेम्बरसिप चियर सुरज चौधरी, महिला सशक्तीकरण चियर प्रियंका शर्मा, मिडिया चियर मिजास पोखरेल, इन्टरनेसनल चियर डा. आशिष शर्मा, एलाइन्स चियर निरज प्रसाईं, लर्निङ चियर उत्सव उप्रेती रहेका छन् । झापा शाखामा हाल ३७ जना युवा उद्यमीहरू आबद्ध रहेका छन् ।

सन् २००३ मा स्थापना भएको मञ्चमा देशभरिमा ११ वटा शाखा रहेका छन् । काठमाडौँ, पोखरा, ललितपुर, चितवन, रूपन्देही, सुर्खेत, कैलाली, वीरगञ्ज, जनकपुर, विराटनगर, सुनसरी शाखा यसअघि गठन भइसकेका छन् ।
नेपाली युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च र विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्य हो । त्यसैगरी, कमनवेल्थ एसिया एलाइन्स अफ योङ एन्टरप्रेनर्सको पर्यवेक्षक सदस्य हो । मञ्च नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रबर्द्धक संस्था भएको जनाइएको छ । मञ्चमा २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू आबद्ध हुन सक्ने प्रावधान छ ।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र युवा व्यवसायीहरूलाई व्यवसाय र उद्यमशीलताको बारेमा प्रशिक्षण तथा अवसरहरू प्रदान गर्ने उद्देश्यले मञ्च गठन गरिएको दोस्रो उपाध्यक्ष गणेश पौडेलले बताए ।
मञ्च गठन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय संसद सदस्यद्वय मनिष झा, हरि ढकाल, मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछाने, उद्योगी टिकाराज ढकाल, सुष्मा भण्डारी, सहारा जोशीलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]