बैशाख ४, २०८१ मंगलबार

धार्मिक महोत्सव शुरु हुन अगावै आधा करोड संकलन

विनोद सापकोटा

झापा । झापाको शिवसताक्षी–११ स्थित सताक्षीधाम परिसरमा आयोजना हुने धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोम शुरु हुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ ।
यो रकम १०८ कुण्डका दाताले दान गरेका हुन् । धार्मिक महोत्वसका संरक्षक एवं गोलोक गोवद्र्धन गौसालका पिठाधिस आचार्य नन्दकिशोर भारद्धाजका अनुसार हाल सम्म ८५ वटा कुण्डमा दिंवगत पितृको उद्धारका लागि दाता परिवारले नाम दर्ता गराई सकेका छन् ।

यसका अलवा शिवसताक्षी नगरपालिकाले १० लाख धार्मीक महोत्सव संचालन सहयोगार्थ प्रदान गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षी नगरपालिकाका स्थानीय सरकार समेत आयोजकको हैसियतमा रहेर धार्मिक महोत्सव आयोजना गरेको बताउँदै नगरपालिकाका तर्फबाट नगद १० लाख रुपैयाँ संचालन सहयोग प्रदान भएको बताए । अन्य स्थानीय तहहरुले पनि आआफ्नो निर्णय अनुसार सो धार्मीक महोत्सव तथा कोटीहोममा आर्थिक सहभागिता जनाउने उल्लेख गरे ।

एक नम्बर प्रदेशकै प्रमुख धार्मीक गन्तव्यका रुपमा परिचित सताक्षीधाम परिसरमा आयोजना हुन लागेको धार्मीक महोत्सव तथा १०८ कुण्डको कोटिहवनको बारेमा जानकारी दिने उद्धेश्यले आईतवार आयोजना गरिएको पत्रकार संमेलनमा देशविदेशबाट आउने पाहुनहरुका लागि आवास ( कुटी) निर्माण, खानेपानी, विद्युत लगायतको भौतिक अस्थाई पूर्वाधारहरुको निर्माण सम्पन्न भएको आयोजक श्रीसताक्षी धार्मीक महोत्सव एव कोटिहोम महायज्ञ मुल समारोह समितिले जनाएको छ ।

अतिथी पाहुनाको स्वागतका लागि झापा, मोरङ र सुनसरीका विभिन्न ठाउमा ३० वटा स्वागत द्धारा निर्माण भएको छ । धार्मीक महोत्सवको प्रचार प्रसारका लागि पोष्टर, पम्प्लेटिङ्ग, माईकिङ्ग, ठाँउ–ठाँउमा धार्मीक महोत्स काटिहोम र गौरक्षा लगायतका विषयमा जानकारीमुलक कार्यक्रमहरु सञ्चालन गरिएको प्रचार प्रसार उपसमितिले जनाएको छ ।

२७ कार्तिकदेखि ९ मसिंर सम्म सञ्चालन हुने तेह्र दिवसीय धार्मीक महोत्सव तथा १०८ कुण्डको कोटीहोम सफल बनाउन विषयगत २५ वटा उपसमिति गठन गरिएको छ । महोत्सव अवधिभर सताक्षीधाममा फ्रि वाईफाईको सुविधा पाउने आयोजक समितिका सचिवालयका सदस्य सचिव डिल्ली नेपालले जानकारी दिए । महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिम्स, अफ्रिका, भुटान, वर्मा, लगायतका देशबाट समेत हिन्दु धर्मावलम्बीहरु ठुलो संख्यामा सहभागी हुने आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले जानकारी दिए ।

अध्यक्ष पोर्तेलले नेपालका कम्तिमा ५ लाख र विदेशका २० हजार पर्यटक सताक्षीधामको धार्मीक महोत्सवको अवलोकन गर्ने बताए । त्यसका लागि सौचालय, पानी, आवास, खाद्यान्न, संचार, विद्युत, सुरक्षा लगायतका आधारभुत आवस्यत्ताका पूर्वाधार निर्माण सम्पन्न भएको पोर्तेलेले बताएका छन् । सताक्षीधाम घना जंगलबीचमा पर्ने भएकाले नेपाल प्रहरी, शसस्त्र प्रहरीको करिव १०० जनशक्ति २४ सै घन्टा तैनाथ गरिने आयोजक समितिका अध्यक्ष पोर्तेलले बताएका छन् ।

धार्मीक महोत्सवमा निसङकोच सहभागी हुन आयोजक समितिले देस विदेशका पर्यटकलाई अनुरोध गरेको छ । आयोजक समितिका अध्यक्ष पोर्तेलले भने ‘ देशी विदेशी पर्यटककोे सुरक्षा आयोजकले लिन्छ, वेईमानी गर्ने नियत कसैको राखेर भए यस्तो पवित्र कर्ममा आउने तानावुना छ भने आयोजकले सरी मात्र भन्छ सुरक्षाको दृष्टीले अन्य विकल्छ हामीसँग हुन्न ।’
सर्वसाधरणको जिउधनको सुरक्षा लागि आयोजकले कसैसँग कम्प्रमाईज नगर्ने बताइएको छ ।

ड्रोन क्यामेरा र सिसि क्यामेराले महोत्सव परिषरको निगरानी राख्ने आयोजक समितिले जनाएको छ । महोत्सवमा आयोजकले १५० भन्दा वढी स्टल राख्ने तयारी गरेको छ । धार्मीक महोत्सव भएकाले यो वर्ष मदिरा र माछा मासुको खरिद विक्रिलाई आयोजकले प्रतिवन्ध लगाएको छ । कानुनले वर्जीत गरेका खेल बाहेक अन्य खेल तमासा यो वर्षको धार्मीक महोत्सवमा देख्न र मनोरञ्जन लिन पाउने बताईएको छ ।

धार्मीक महोत्सवमा श्रीमद देवीभागवत कथा समेत हुने पिठाधीस आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए । नेपाल सरकारको पुर्वनिर्धारित ‘पर्यटन भ्रमण वर्ष, २०२०’ मनाउने तयारी गरिरहेका वेला महाभारतकालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल सतासीधाममा आयोजना हुने धार्मीक महोत्सवले सोको प्रचारमा टेवा पुर्याउने आयोजकले बताएको छ । धार्मीक महोत्सव सुरु हुनु अगावै भारतको पश्चिम वंगालबाट ठुलो संख्याका हिन्दु धर्मालम्वी आएर सत्सङ शुरु गरेका छन । नेपामा धेरै कोटिहोम भए । तर, गौ संरक्षणका लागि विश्मै पहिलो पटक झापाको शिवसताक्षीमा कोटिहोम आयोजना भएको छ । भुटानबाट सताक्षीधाम आएकी पवित्रा कट्टेलले यो जिवनमा पहिलो पटक १०८ कुण्डको कोटिहोम देख्न पाएकामा आफुलाई पुन्य मिलेको महसुस गरिन् ।

सताक्षीधाममा ५ वर्ष अघि स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यक्ता र शास्त्रीय गुणको बारेमा जनचेतना जगाउन धाम परिषरमा वर्षेनी गौकथा महोत्सवको आयोजना गर्दे आएको छ । यो पटक उक्त महोत्सवलाई वृहत र विश्वव्यापी बनाउन धार्मीक महोत्सवको नाम दिएर १०८ कुण्डको कोटिहोम पनि हुन लागेको हो । वर्षेनी धाम परिषरमा हुने यस्ता अनुष्ठानले शिवसताक्षी नगरको गरिमा उच्चो भएको नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

३ करोड रुपैयाँ लागत अनुमान गरिएको सो धार्मिक अनुष्ठान बाट वचेको भेटीले गोलोक गोवद्र्धन गौसाला वृद्ध र रोगि गाईको उपचार सहयोग र सताक्षीधाम परिषरको पुर्वाधार विकास गर्ने आयोजक समितिले लक्ष्य लिएको छ । महोत्सवको उद्घाटनका दिन १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राई लगायत करिव १३ मुलुकका हिन्दु धर्मका विद्धत वर्गको सहभागीता हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]