बैशाख ७, २०८१ शुक्रबार

ऋतिक रोशनलाई मन पराएको भन्दै श्रीमतीको हत्या

वासिंगटन । कलाकार धेरैका लागि प्रिय हुन्छन् । मानिसपिच्छे रोजाइका कलाकार पनि हुन्छन् । मन पराएका कलाकारसँग नजिक हुने मौका मिलेको खण्डमा अटो लिन समेत धेरै अगाडि सर्छन् ।

तर, बलिउड अभिनेतालाई मन पराएकै कारण एक महिलाले भने ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् ।

बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचार लेखेको छ ।

३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए ।

त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवाद समेत भएको जनाइएको छ । उनीहरु यसै विषयमा विवाद भएर प्रहरीसम्म पनि पुगेको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]