बैशाख ८, २०८१ शनिबार

विरिङखोलामा ‘चेकड्याम’ को डिपिआर

अर्जुनधारा । विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिकास्थित वडा नं. १ विरिङखोलाको ‘चेकड्यामको डिपिआर’ तयार पारेको छ ।

नगरपालिको कार्यालयमा आइतवार प्रालिले सरोकारवाला सम्पूर्णलाई डिपिआरको नमूना प्रस्तुत गरेको छ । १ सय ९५ मिटर लम्वाई रहने सो ड्यामको चौडाई २८ मिटर, उचाई जमिन माथि ४.५ र जमिनमुनि २.२ मिटर रहने प्रालिका सिभिल इन्जिनर पोषण ढुङ्गानाले जानकारी दिए । ड्याम निर्माण भएपछि किसानलाई सिंचाई गर्न समस्या नपर्ने इन्जिनरले बताए ।

नगरको १, ४ र ७ नं. वडामा ड्याम निर्माणपछि खानेपानीको सुविधा पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ । ड्यामको निर्माणमा अनुमानित लागत २३ करोड ५७ लाख ६७ हजार ८ सय १० रुपैयाँ रहेको छ । नगर उपमेयर कमला खतिवडा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रशासकीय अधिकृत पंकज भुर्तेलले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार  १२ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]