बैशाख १४, २०८१ शुक्रबार

गाई सुरक्षामा झापा प्रहरीको कदम स्वागतयोग्य

भद्रपुर । भद्रपुर–१० चन्द्रगढी स्थित काली मन्दिर व्यवस्थापन समितिले नेपालको राष्ट्रिय जनवार गाईको संरक्षणका लागि सवै पक्षसँग आव्हान गरेको छ ।

समितिले हिन्दू धर्मको आरध्य गोवंश तथा नेपालको राष्ट्रिय जनवार गाईको चोरी तस्करी अन्त्य गरेर संरक्षणको वातावरण निर्माण गर्न सवैसँग अनुरोध गरेको हो । पछिल्लो पटक झापा प्रहरीले राष्ट्रिय जनवार गाईको तस्करी रोक्न चालेको कदम स्वागत योग्य भन्दै यो अभियान निरन्तर चलाएर गाईको सुरक्षा गर्न समितिले प्रहरी प्रशासनसँग अनुरोध समेत गरेको छ ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष शुशीला बस्नेत, मन्दिर निर्माण संयोजक भीम पौडेल र सहसंयोजक मोहन कुमाईले संयुक्त हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा आमाको मानमा रहने हिन्दूधर्मावलीको आरध्य गाई सुरक्षित बाच्ने वातावरण निर्माण गर्न मन्दिर व्यवस्थापन समिति जुनसुकै सहयोग गर्न तयार रहेको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]