जेष्ठ ५, २०८१ शनिबार

कनकाईमा सूर्तीजन्य पदार्थको विक्रीमा प्रतिवन्ध

कनकाई । झापाको कनकाई नगरपालिकाले सूर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ । गत जेठ १७ गते सम्पन्न २५ औं कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही साउन १ गतेदेखि सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने भएको हो ।

नगरप्रमुख राजेन्द्र पोखरेलले कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् । उनले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण माथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न नगरबासीलाई आग्रह गरेका छन् ।

कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको नगरपालिकाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए ।

चुरोट, गुट्खा, खैनीलगायतका सूर्तीजन्य पदार्थको सेवनले क्यान्सर लगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताए । सुर्तीजन्य पदार्थको खोलले नगरपालिकाको सरसफाईमा ठूलो चुनौती सिर्जना गरेको समेत उनको भनाइ थियो ।

कनकाई नगरवासीका रहेका सम्पूर्ण राजनीतिक दलको समेत केही महिना अगाडि छलफल कार्यक्रममा स्वास्थ्य र सरसफाईप्रति चिन्तित हुँदै सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न साथ रहने भनी हस्ताक्षर गरिएको र उक्त हस्ताक्षरलाई नगरपालिकाको देखिने स्थान राखिएको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]