चैत्र १५, २०८० बिहीबार

लता मंगेशकर आईसीयूमा

काठमाडौं । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।

छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।

सामाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार ९० वर्षीया लता मंगेशकर आईसीयूमा छिन् र स्वास्थ्य गम्भीर छ । भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  १२ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]