बैशाख १५, २०८१ शनिबार

फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित हात्तीकिल्ला फुटबल क्लबले प्रथम क्लब स्तरीय यू –१८ फुटबल प्रतियोगिताको आय–व्यय शनिबार सार्वजनिक गरेको छ ।

क्लबद्वारा स्थानीय चन्द्रोदय प्राथमिक विद्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत आय–व्ययको हिसाबकिताब सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा क्लबका सचिव विष्णु श्रेष्ठले खर्च र आम्दानीको हिसाबकिताब प्रस्तुत गरेका थिए । श्रेष्ठका अनुसार आम्दानीतर्फ अर्जुनधारा नगरपालिकाबाट २३ हजार रुपैयाँ , अर्जुनधारा नगरपालिका – १ नम्बर वडा कार्यालयबाट ५ हजार रुपैयाँ ,अर्जुनधारा नगरपालिका –८ नम्बर वडा कार्यालयबाट २० हजार रुपैयाँ र दाता महानुभावहरुबाट २ लाख १९ हजार ४ सय ६५ रुपैयाँ गरी जम्मा २ लाख ६७ हजार ४ सय ६५ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, खर्च तर्फ प्रथम पुरस्कार २५ हजार रुपैयाँ र दोस्रो पुरस्कार १५ हजार रुपैयाँ सहित विविध खर्च जम्मा २ लाख ५४ हजार १०० रुपैयाँ रहेको छ । बाँकी बचत १३ हजार ३ सय ६५ रुपैयाँ क्लबको खातामा जम्मा गरिने बताइएको छ । फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक कुमार कार्कीको सभापतित्व रहेको आय –व्यय सार्वजनिक कार्यक्रममा आर्थिक संयोजक तारा खतिवडा, क्लबका उपाध्यक्ष हिमाल पुरी लगायतको उपस्थिति रहेको थियो । क्लब स्तरीय फुटबल प्रतियोगिता जेठ १० गते देखि सञ्चालन भई १५ गते फाइनल खेल सम्पन्न गरिएको बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०८० आईतबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]