बैशाख ७, २०८१ शुक्रबार

सताक्षीधाम क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा

सताक्षीधाम । झापाको सताक्षीधाममा पहिलो पटक मंगलबार देखि इन्टरनेट सेवा पुगेको छ । शिवसताक्षी नगरपालिका र इन्टरनेट सेवा प्रदायक निजी कम्पनी युनिफाइड कम्युनिकेशन प्रा.लि को संयुक्त प्रयासमा धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा पहिलो पटक इन्टरनेट सेवा विस्तार भएको हो ।

इन्टरनेशनल ब्यान्डविथ आवश्यक अनुसार कम्तिमा ५० देखी १०० एम.वि.पि.एस र लोकल ब्यान्डवीथ ८०० देखी १००० एम.वि.पि.एस सम्मको क्षमता भएको कम्पनीका संचालक विजय श्रेष्ठले जानकारी दिए ।

इन्टरनेट जडान भएपछि सतासीधाम क्षेत्र आउने तिर्थ यात्री मध्ये एकैपटक करिब १२५० ले प्रयोग गर्न सक्ने छन् । सताक्षी महोत्सवमा आउने तिर्थयात्रीको सहजतालाई ध्यानमा राखेर नगरले युनिफाइड कम्युनिकेशन प्रा.लि को सहकार्यतामा धाममा इन्टरनेट सेवा पु¥याएको नगर प्रमुख चन्द्र कुमार शेर्माले जानकारी दिए । कार्तिक २७ गते देखी मंसिर ९ गतेसम्म आयोजना हुने सताक्षी धार्मिक महोत्सवको पूर्व सन्ध्यामा इन्टरनेट सेवा जडान भएपछि महोत्सवमा आउने भारतीय र भुटानी भक्तजनहरुले समेत खुशी ब्यक्त गरेका छन् । महोत्सव परिषरमा भारत र भुटानका हिन्दु धर्मालम्वीको धाममा घुइचो लागेको छ ।

महोत्सव परिसरमा ७ वटा हाई रेन्जको आउट डोरको सिपि तथा रकेट ओम्नी डिभाईस जडान गरिएको नगरका आइटी अफिसर गणेश अधिकारीले बताएका छन् । विदेशी पाउनका लागि बनाईएको कुटीमा समेत इन्टरनेट सेवा पुर्याईएको आयोजक समितिले जनाएको छ ।
सताक्षीधाम धार्मिक महोत्सवको उद्घाटन १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले गर्ने आयोजक समितिका अध्यक्ष सोम पोर्तेलले बताएका छन् । विहान ९ बजे दोमुखा स्थित कनकाई नदीमा स्नान गरि अर्जुनधारा ज्वलेश्वर धाम हुँदै पहिलो पटक योगी नरहरीनाथले कोटिहोम क्षेत्रमा पुगेर झिलझिले सताक्षीधाम क्षेत्रको रमिते डाँडाबाट १२ बजे कलश सहितको शोभा यात्रा आयोजना गर्ने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा महामण्डलेश्वर अनन्त श्री विभुसित स्वामी विष्णु वल्लभानन्द महाराज लगायतका धर्म गुरुको उद्घाटन कार्यक्रममा सहभागिता रहने संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिए । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]