बैशाख २०, २०८१ बिहीबार

सहकारी गुणस्तरीय र मापदण्डयुक्त बनाउने कोअपरेटिभ एलाइन्सको प्रतिवद्धता

झापा । सहकारी अभियानलाई फरक ढंगबाट पनि संरक्षण गर्न सकिन्छ भन्ने ध्येय लिएर काम सुरु गरेको कोअपरेटिभ एलाइन्स अफ झापामा आवद्ध सहकारीहरुले आफ्नो संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउने प्रतिवद्धता जनाएका छन् ।
हालै दमकमा सम्पन्न एलाइन्सको बैठकमा सहभागी २५ भन्दा बढी प्रारम्भिक सहकारी संस्थाका सञ्चालक, कर्मचारी र प्रतिनिधिहरुले सो प्रयोजनका लागि खराब ऋणीहरुको विवरण एकापसमा आदान प्रदान गर्ने निर्णय गरेका हुन् ।
एलाइन्सका संयोजक रामचन्द्र उप्रेतीले आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रम पछि पत्रकार मोहनकाजीले राखेको जिज्ञासाको जवाफ दिँदै शुक्रबार दमकमा बैठक बसेर १५ बुँदे निर्णय गरेको सुनाए ।
उनका अनुसार एलाइन्समा आवद्ध सहकारीहरुले आफ्नो ग्रुपमा आदानप्रदान गरेको २०८० वैशाखको वित्तीय विवरणको आधारमा समीक्षा गर्दा तरलताको अवस्था सन्तोषजनक रहेको र यसलाई कायम राख्न सबैमा आह््वान गरिएको थियो ।
यस्तै, एलाइन्समा आवद्ध सहकारीहरुको उठ्न बाँकी व्याज औषतमा ५ प्रतिशत रहेकाले उक्त अंक अधिक हो भन्ने ठहर गर्दै असार मसान्तमा एक प्रतिशतभन्दा कम बनाउन सबैले प्रयास गर्ने र प्रतिकूल समयका कारण यस्तो व्याज २ प्रतिशतभन्दा कम गर्नुपर्ने समीक्षासहित सबै सहकारीलाई सुझाव दिइएको संयोजक उप्रेतीले बताए ।
सो बैठकमा सदस्यले लिएको ऋणको तिर्न बाँकी ब्याजलाई सावाँमा परिणत गरेर साँवा ब्याजलाई गाभेर ऋणको रकम बढाउनु जोखिम हुने हुँदा एलाइन्समा आवद्ध संस्थाहरुले त्यसो नगर्ने निर्णय गरेका छन् ।
यसैगरी, एउटै सदस्य वा परिवारमा धेरै निक्षेप, ठूलो कर्जा लगानी र अधिक शेयरले जोखिम निम्त्याउने हुँदा यसमा सतर्कता अपनाउने निर्णय गरेको सुनाउँदै संयोजक उप्रेतीले एलाइन्समा आवद्ध सहकारी संस्थाहरुमा दोहोरो सदस्यता क्रमशः घटाउँदै लाने प्रतिवद्धता गरिएको जनाए ।
एलाइन्सको अर्थ नै ‘मैत्री सम्बन्ध’ भएकाले बैठकमा पहिलोपटक सहभागी विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु ग्रहण गरिएको उप्रेतीले बताए । सहकारीबाट लिएको कर्जा तिर्नु पर्दैन भनेर अफवाह पैmलाउँदै अराजकता निम्त्याउन चाहनेहरु पछिल्लो समय कमजोर बन्दै गएको पनि समीक्षा भएको संयोजक उप्रेतीको भनाई छ ।
कोअपरेटिभ एलाइन्स अफ झापाले प्रतिक चिन्ह (लोगो) निर्माण गरेरै आफ्नो उपस्थिति जनाउने सर्वसम्मतिले निर्णय गरेको जनाएको छ । विभिन्न आकृति र अर्थ झल्काउने लोगोहरु मध्ये छनोट गर्दा इन डिजाइन बिर्तामोडका क्रिएभिट डिजाइनर एकराज प्रधानले तयार गरेको सहकारीका सात रंगहरु मिश्रित लोगोलाई स्वीकृत गर्दै प्रयोगमा लैजाने निर्णय भएको संयोजक उप्रेतीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]