डा. केसीले स्थगित गरे अनसन
काठमाडौं । डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् ।

देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उनले अनसन स्थगित गरेका हुन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।