बैशाख ११, २०८१ मंगलबार

मेरो पीडा कसले बुझ्ने : दुर्गा प्रसाई

बिर्तामोड । बिएण्सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डा. गोविन्द केसी विरुद्ध आक्रोस पाखेका छन् । अनसनरत डा. केसीको अनसन स्थगित हुनुपूर्व काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले केसीको सबै माग नाजायज भएको बताए । नाजायज माग बोकेर अनसन बस्नुको कुनै तुक नरहेको उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै प्रसाईले भने, ‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन् । मैले खोलें । २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ । कोशीमा तीन वटा मेडिकल कलेज छन् । बाग्मतीमा मात्रै दश वटा छन् । सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् ? डा. केसीका माग डिनबाट सुरु भएको हो । शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने ?’

उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । उनले भने, ‘लगानीको आधारमा शुल्क लिएका छन् ।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए । तर, आज ८ वर्ष बितिसक्दापनि अनुमति नदिएको उनको गुनासो छ । उनले भने, ‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’

प्रसाईले गत वर्ष मात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए । त्यतिमात्रै नभएर उनले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’

उनले अनशनरत डा. केसीका कुन माग राम्रा छन् ? भन्दै देखाउन चूनौति दिए । उनले भने,‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न लगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो नि । उहाँले सुदुर पूर्व जान भन्नुभयो, मैले बि.एण्ड.सी. खोलें ।’ उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेज पनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]