बैशाख २०, २०८१ बिहीबार

‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो

काठमाडौं । स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजारभन्दा किलोमिटर गुड्न सफल भएको छ ।

इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा लोकप्रिय भएको छ ।

हाल कम्पनीले विभिन्न छ वटा मोडलका दुई पाङ्गे विद्युतीय सवारी नेपाली बजारम उपलब्ध गराएको इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा मौसम बोहराले जानकारी दिनुभयो ।

कम्पनीले लिथियम पावर्ड इलेक्ट्रिक टु हिलर नेपालमा ल्याएको छ । बोहराले यस्ता ब्याट्री चौथो पुस्ताका लिथियम टेक्नोलोजीमा आधारित रहेको बताउनुभयो ।

डा बोहराले भन्नुभयो, “चौथो पुस्ताका लिथियम टेक्नोलोजीमा आधारित ब्याट्री एक पटक पूर्ण चार्ज भइसकेपछि लामो रेञ्जसम्म गुड्न सक्ने क्षमताका हुन्छन् । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ ।”

पछिल्लो समय नेपालमा सहरी गतिशीलता, अवधारणा र छनोटमा परिवर्तन हुँदै गएको छ । विद्युतीय सवारीसाधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न र अधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेका जनाइएको छ । ‘एनआइयू इलेक्ट्रिक’ आम उपभोक्ताको रोजाइमा पर्न गएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]