बैशाख १६, २०८१ आईतबार

अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला सुरु

बिर्तामोड । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो ।

अर्जुनधारास्थित पितृ मोक्ष भवनमा आयोजित लेखनसीप कार्यक्रममा नगर क्षेत्रका ४० जनाभन्दा बढिको सहभागिता रहेको छ । वडा कार्यलयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ ।

शुक्रवार उद्घाटन सत्रमा बोल्दै नगर उपप्रमुख खड्गमाया पराजुलीले न्याय निरुपणका लागि लेखनसीप अपरिहार्य भएको बताइन् । उनले गाउँघरमा सामान्य कागज बनाउन पनि समस्या भइरहेकोले नगरका तर्फबाट लेखनसीपको आयोजना गरिएको जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले कागज लेख्न नजान्दा धेरेलेै क्षति व्यहोर्नु परेको बताइन् । उनका अनुसार गाउँ समाजमा सबै खाले लिखत तयार गर्न सक्षम बनाउने गरी कार्यक्रमको आयोजना गरिएको हो । तीन दिने बसाईलाई प्रभावकारी र उपलब्धी मुलक बनाउन उनको आग्रह थियो ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले लेखनसीपको आवश्यकतालाई मध्यनजर गरेरै कार्यशालाको आयोजना गरिएको जानकारी दिइन् । उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले मेलमिलाप कर्ताहरुको लागि अत्यन्तै फलदायी कार्यक्रम रहेको र अन्य सहभागीहरुका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उनको भनाई थियो । विशिष्ट अतिथि राईले तालिमका लागि तालिम मात्रै हुने गरी सहभागी हुनुको अर्थ नहुने भन्दै हरेक क्षेत्रमा आवश्यक पर्ने लेखनसीपको अवसर सदुपयोग गर्न आग्रह गरेकी थिइन् ।

कार्यशालामा अधिवक्ता हेमकला कट्टेल, मणि पराजुली लगायतले सहजीकरण गर्ने सहजीकरण गर्ने संस्थाले जनाएको छ ।

टाइम्स मिडिया नेटवर्कका सदस्य सुशिल दाहालको अध्यक्षतामा भएको कार्यशालाको समुद्घाटन कार्यक्रममा न्यायिक समिति सदस्य शर्मिला सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, कानुन अधिकृत एलिना घिमिरे, न्यायिक शाखामा कार्यक्रम सहायक पाँचौं माया ऐर लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]