बैशाख १६, २०८१ आईतबार

अर्जुनधारामा एक जेसीबी र तीन वटा टिपर नियन्त्रणमा

बिर्तामोड । झापा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने एउटा जेसीबी र तीन वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

बिहीवार साँझ ७ बजे झापा अर्जुनधारा नगरपालिका ४ टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको एउटा जेसीबी र मे १ ख ३१५५, प्र १–०१–००१ क.९२४, मे १ ख २८४८ नं.को ३ वटा टिपरले अवैध तवरले खोला उत्खनन गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ती सवारीसाधनलाई आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]