बैशाख २२, २०८१ शनिबार

झापाको अनेरास्ववियु निर्वाचन तर्फ धकेलियो, १२ बजेसम्म सहमति खोज्ने

बिर्तामोड । अनेरास्ववियु झापाको २१ अधिवेशन उद्घाटन भएको लगभग एक हप्ता वितेको छ । अधिवेशन उदघाटन पछि सहमतिबाट नेतृत्व टुङग्याउने गरी स्थगित गरिएको थियो । तर, एक साता वित्न लाग्दा पनि झापाको अनेरास्ववियुले नेतृत्व पाउन सकेन ।

नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले अधिवेशन स्थगित भएदेखि सहमतिबाट नेतृत्व चयन गर्न प्रयास गरेको बुझिएको छ । एक साताको प्रयासमा समेत सहमति हुन नसकेपछि आज निर्वाचन गर्ने तयारी गरिएको छ । अध्यक्ष मण्डलका संयोजक राजवंशीले सहमति नभए विधिमा जाने स्वभाविक प्रक्रिया भएको बताए । उनका अनुसार आज दिउँसो १२ बजेदेखि निर्वाचनको समय निर्धारण गरिएको छ ।
अध्यक्ष मण्डलले विभिन्न चरणमा गरेको छलफलले निष्कर्ष निकाल्न नसकेपछि माहोल निर्वाचन तर्फ धकेलिएको हो । राजवंशीले भने – आज निर्वाचन हुनुभन्दा अघिको सबै समय सहमतिका लागि खर्चिने छौं । चुनावअघि सहमति भए प्रतिनिधिहरुले पनि दुख पाउने थिएनन् ।

अधिवेशन उद्घाटनमा ७ सय ३ जना प्रतिनिधि सहभागी थिए । उनीहरु सहमतिमा नेतृत्व टुंगो लगाउने अपेक्षामा विदा भएका थिए ।

आज १२ बजेसम्म सहमति नभए पदाधिकारीहरुको निर्वाचन हुनेछ ।

अनेरास्ववियुको अध्यक्षमा नारायण पोखरेल, बलराम गिरी र लक्ष्मी गौलीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना, विदान राई, अनुजा कट्टेल र अनुप भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा बालचन्द्र कार्की, सरोज ढकाल र सन्तोष धमलाले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, सहसचिवमा मदन ओली, प्रदीप बर्देवा, इश्वर नेपाल, विनिता न्यौपाने, पूर्ण बहादुर राना, योगेश भण्डारी, चिरन्जिवी खतिवडा, पुजा सुवेदी र रविन गुप्ताले मनोनयन दर्ता गरेका छन् । कोषाध्यक्षमा सलिना गुरुङ, रचना अधिकारी र मञ्जु रिजालले उम्मेदवारी दर्ता गरेको अध्यक्ष मण्डलले जनाएको छ ।

निर्वाचन हुने संभावना बढेपछि उम्मेदवारहरुको दौडधुप हिजो साँझदेखि बढेको छ ।

प्रकाशित मिति : असार २, २०८० शनिबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]