जेष्ठ ५, २०८१ शनिबार

कनकाई नगरको नारा : ‘हाम्रो विकास हाम्रो हात, जुटौं सबै एकै साथ’

झापा – झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्षमा विकासमा जनसहभागिता जुटाउने अभियानलाई तिव्रता दिने भएको छ ।

नगरपालिकाले जारी गरेको वार्षिक नीति तथा कार्यक्रममा जनसहभागितालाई प्रोत्साहन गर्न हाम्रो विकास हाम्रो हात,जुटौं सबै एकै साथ भन्ने नारालाई अघि बढाउने भएको हो । उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको विकासका लागि संघ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायसँग समेत सहकार्य गरिने प्रस्ताव गरिएको छ ।

default

नयाँ सडकका लागि ट्रयाक खोल्ने भन्दा पुराना सडकको स्तरोन्नतीलाई प्राथमिकतामा राखेर हाल कायम भएका सडकको गुणस्तरीयता वृद्धि गरिने शिवाकोटीले बताउनुभयो । नगरभित्र व्यवस्थित र आचारसंहिता अनुसारको वस्ती विकासका लागि मेयर आवास कार्यक्रम सञ्चालनको प्रस्ताव नीति तथा कार्यक्रममा गरिएको छ । नगरपालिकाले दिगो विकासको लक्ष्य बमोजिम समुन्नत सम्पदा दीगो पूर्वाधार,समृद्ध कनकाईको मूल आधार भन्ने नारालाई आदर्शको रुपमा लिएर हरेक विकासका गतिविधि र नगरपालिकाका कार्यक्रमहरु यसै आदर्श बाक्य बमोजिम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

नीति कार्यक्रममा विद्यार्थी तथा शिक्षकको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै वर्षमा दुई पटक सामुदायिक विद्यालयमा अध्ययन गर्ने शिक्षक र विद्यार्थीको स्वास्थ्य जाँच गरिने प्रस्ताव गरिएको छ । कनकाई नगरपालिकाले नीति कार्यक्रममा के–के कुरा समेटेको छ ।

प्रकाशित मिति : असार ९, २०८० शनिबार  १२ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]