बैशाख १५, २०८१ शनिबार

अर्जुनधाराको बजेट ७६ करोड ११ लाख

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आज नगरपालिकाको सभाहलमा १३ औं नियमित अधिवेशनमा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले आगामी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन ।
नेपाल सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम २८ करोड ३० लाख, समपूरक अनुदान ९० लाख, बिशेष अनुदान १ करोड ४५ लाख र प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम २ करोड ४८ लाख ७५ हजार, समपूरक अनुदान १ करोड ३० लाख रुपैयाँ रहेको उप-प्रमुखले प्रस्तुत गरेकी हुन् ।

त्यसैगरी समपूरक कोष ३ करोड, साँझेदारी कोष १ करोड ८० लाख, प्रस्तावनामा आधारित कार्यक्रम ४० लाख, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन ५० लाख, बिपद ब्यवस्थापन कोष ६० लाख, संघ-संस्था प्रर्वद्धन कार्यक्रम ४० लाख, भुमि ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ४५ लाख, नगर गौरबको आयोजनाहरु १ करोड १३ लाख, पूर्वाधार बिकास सम्बन्धि कार्यक्रमहरु २ करोड ५५ लाख, सामाजिक बिकास सम्बन्धि कार्यक्राहरु ४ करोड ५५ लाख, आर्थिक बिकास सम्बन्धि कार्यक्रमहरु १ करोड ८७ लाख, वातावरण तथा बिपद ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ७५ लाख, सुशासन तथा संस्थागत विकास सम्बन्धि कार्यक्रमहरु ७८ लाख, वडास्तरीय योजनाहरु ९ करोड ९० लाख, प्रशासनिक खर्च १३ करोड ५ हजार गरी जम्मा ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

आर्थिक बर्ष २०७९-०८० को ९७ करोड ८६ लाख ७६ हजार बराबरको संम्सोधनसहित बजेट स्वीकृत भएकोमा ब्ययतर्फ २०८० जेठ मसान्तसम्म पुँजीगततर्फ ६३.८४ प्रतिशत र चालुतर्फ ६७.५१ प्रतिशत र बित्तियतर्फ सतप्रतिशत खर्च भइसकेको नगर उपप्रमुख पराजुलीले जानकारी दिइन् ।

प्रमुख बलदेबसिंह गोम्देन तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा नगरको प्रमुख प्रकाशकीय अधिकृत गिताकुमारी राई सहित ११ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थिति थियो । अगामी बैठक असार १३ गते दिउँसो २ बजे बस्ने गरी १३ औं नियमित अधिवेशन नगर प्रमुख गोम्देनले सम्पन्न भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : असार १०, २०८० आईतबार  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]