बैशाख १५, २०८१ शनिबार

अर्जुनधाराको मंगलश्री क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको मृत्यू

बिर्तामोड । झापाको अर्जुनधारा–७ स्थित गडीमा सञ्चालित क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको घटनास्थलमै मृत्यू भएको छ ।

मंगलश्री क्रसरमा मिक्स गिटी लोड गर्ने क्रममा आज टिपर पल्टिदा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराईको घटनास्थलमै मृत्यू भएको इप्रका अनारमनीले जनाएको छ । उक्त क्रसरको सञ्चालक मिलन बस्नेत हुन् ।

क्रसर मेसिनबाट टिप्परमा मिक्स गिटी लोड गर्ने क्रममा गिटी सहित भट्टराई थिचिएको प्रहरीको भनाई छ । माथिबाट टिप्पर पल्टियो, टिप्परको गिरी पनि पोखियो – एक प्रहरीले भने, मजदुर टिप्पर र मिक्स गिटीको थिचाईमा परेपछि घटनास्थलमै ज्यान गयो । उनका अनुसार अहिले मृतक भट्टराईलाई पुरिएको ठाउँबाट बाहिर निकाल्ने काम भइरहेको छ ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]