चैत्र १५, २०८० बिहीबार

मंसिर ६ गते गोल्धापमा बृहत निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड । हल्दिवारी गाउँपालिका वडा नंं. – १ गोल्धापको आयोजनामा वडाबासीको लागि बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

वडा कार्यालयको आयोजनामा हुने शिविर मंसिर ६ गते नवनिर्मित स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न गरिने वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार शिविरको सम्पूर्ण तयारी सकिएको छ । शिविरमा नोेवेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर विराटनगरले प्राविधिक सहयोग गर्ने सापकोटाको भनाई छ । प्राविधिक सहयोग गर्ने नोवेलले विरामीलाई औषधि समेत निःशुल्क वितरण गर्ने बताइएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा जेनेरल तथा मुटु रोग, प्रसुति तथा स्त्री रोग , बाल रोग , शल्यक्रिया, मानसिक तथा नसा रोग, हार्डजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक,कान,घाँटी , आँखा परीक्षण तथा उपचार , दन्त सेवा , न्यूरो , भिडियो एक्स–रे , एक्स–रे , इसीजी लगायत उपचार गरिने वडाध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]