जेष्ठ ५, २०८१ शनिबार

सुरुङ्गामा भारतीय माछा नष्ट

सुरुङ्गा । इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापाको सुरुङ्गामा भारतबाट नेपाल ल्याउदै गरेको माछा बरामद गरि नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको सयुक्त प्रहरी टोलीले भारतबाट सुरुङ्गाको बजारतर्फ ल्याउदै गरेको जिउँदो मुङ्ग्री जातको र मरेको समेत गरि ६० केजी माछा बिहीवार दिउँसो कनकाई नगरपालिका –५ हनुमानचौकबाट बरामद गरि इलाका प्रहरी कार्यालय सुरुङ्गामा नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमिति कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश सदस्य लीलाराज झापाली लगायत नागरिक समाजको अगुवा समेतको उपस्थितिमा नष्ट गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताए ।

पछिल्लो समय झापा जिल्ला माछामा आत्मनिर्भर भएसँगै भारतीय बजारबाट ल्याइने खासमा मरेको माछा झापाको बजारमा भित्राउन बन्द गर्दै आएको छ । यता, कनकाईको बजारमा मरेको भारतीय माछा विक्री हुने गरेको तथ्य बाहिरिएसँगै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकामा मरेको भारतीय माछा विक्री गर्न बन्द गरिएको बताए । कनकाईले यसलाई कडाईका साथ लागु गर्नका लागि छुट्टै कार्यविधि बनाइदै ल्याइएको र तत्काल यसलाई कडाईका साथ लागु गरिने समेत नगरप्रमुख पोखरेलले बताए ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]