जेष्ठ १, २०८१ मंगलबार

शिवसताक्षीमा मनाइयो २० औं राष्ट्रिय धान दिवस

शिवसताक्षी । झापाको शिवसताक्षीमा २० राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीय बासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् ।
शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्षहरु विष्णु प्रसाई र सिकिन पाश्वानले सामुहिक धान रोपेका थिए ।

कार्यक्रममा संघीय सांसद एलपी साँवा लिम्बुले नागरिकको मुख्य पेशा कृषि भएतापनि त्यसमा लाग्ने आधारभूत कच्चा पदार्थ मल, विउ, समय उपलब्ध नभएको गुनासो गरे । सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर काम गरेपनि यो पर्याप्त छैन । उनले भने, समाज रुपमान्तरण गरी सबै वर्गका मानिसहरुको आय आर्जनलाई माथि उठाउने काम गर्न निरन्तर अभियानमा रहेका छौं ।

त्यस्तै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले धान दिवस परापुर्व कालदेखि नै मनाइदै आएको बताइन् । त्यतिबेला बेढी लगाएर धान रोप्ने चलन थियो । उनले भनिन, त्यसको परिकृत रुपमा धान दिवस मनाउन थालिएको हो । उनले हामी किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाको तर्फबाट विभिन्न कृषि सामाग्रीहरु निशुल्क वितरण गरिदै आएको बताइन् ।

त्यस्तै नगरप्रमुख थोप्राले नगरभित्रका सबै वडाहरुमा धान उत्पादनलाई जोड दिदै आत्म निर्भर बन्ने गरी धान दिवसलाई प्रत्साहनको रुपमा मनाउनु पर्ने बताए । शिवसताक्षी नगरपालिकामा अहिले पनि धान उत्पादन गरी बाहिर निर्यात भइरहेको छ । उनले शिवसताक्षी नगरपालिकाले पाँच कठ्ठा भन्दा धेरै जग्गामा कालो धुनिया धान लगाउने कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । बर्खे धान सुकाउने समस्या परेको हुँदा नगरका कृषकका लागि धान सुकाउने प्रविधिसमेत खरिद गर्ने निर्णय भएको छ । उनले भने, नगरपालिका भित्रका कृषक मल र विउको अभावमा पनि कृषक तल्लिन भएर कृषि उत्पादनमा लागेका छन् । यो सकारात्मक पक्ष हो ।

नेपालले वि. सं.ं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।

असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गहरामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्त्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्व हुन्छ ।

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]