बैशाख १३, २०८१ बिहीबार

बेदान्तले जिते ‘सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट’को उपाधी

बिर्तामोड । सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट–२०७६ को उपाधी झापाको कन्काई नगरपालिका–४ सुरुङ्गामा रहेको मेरी गोल्ड अंग्रेजी माध्यमिक विद्यालयका बेदान्त तिम्सिनाले जितेका छन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको उपाधी कक्षा १०मा अध्यनरत तिम्सीनाले जितेका हुन् ।

शुक्रवार भएको फाइनल प्रतियोगितामा भद्रपुर नगरपालिका –२ मा रहेको ज्ञान सरोबर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत रीना घिमिरे दोश्रो, अर्जुनधारा नगरपालिका –६ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत निलिमा लिम्बु तेश्रो भएकी छिन् । यस्तै अर्जुनधारा नगरपालिका ७ को रुपरत्न मेमोरीयल अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा चर्चिता लुईटेल र अर्जुनधारा नगरपालिका ५ मा रहेको देवभूमी विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रा दिक्षा भट्टराईले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी दोश्रो, तेश्रो र सान्तवना हुनेले क्रमश १५ हजार,१० हजार र ४÷४ हजार रुपैयाँ सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेताहरुलाई सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी , कार्यक्रमका प्रमुख अतिथि प्रा.डा पृथ्वी विक्रम राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा असोसिएट प्रोफेसर तथा बरिष्ठ संचारकर्मी शिरोमणी खतिवडा ‘सिरो सान्दाई’, बिबिसि नेपाली सेवाका संवाददाता उमाकान्त खनाल र मेची बहुमुखी क्याम्पस भद्रपुरकी प्राध्यापक गायत्रा सुवेदी रहेकी थिइन् ।

प्रदेश नम्बर १ का झापा, मोरङ र इलामका शिक्षा प्रमुखको सल्लाह, सुझाव र सिफारिसका आधारमा निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्टमा सहभागी गराईएको सूर्योदय टेलिभिजनको प्रवन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले बताईन् ।

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]