बैशाख ८, २०८१ शनिबार

अफ्तावको पावर,पैसा र धम्कीले रोकेन न्याय , अन्ततः गए जेल

रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्न आदेश दिएको छ । पहिलो संविधानसभाको निर्वाचनका समयमा रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहटले आज मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई जेल चलान गरिएको हो । बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले आलमविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालय रौतहटले आलमसहित उनका भाइ मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

आलम पक्राउ परे पनि अरू सबै फरार छन । फरार रहेका सबैको नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ । विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको थियो । सो मुद्दाको थनछेक बहश सकिएपछि अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]