जेष्ठ ४, २०८१ शुक्रबार

कसले गर्दैछ झापामा चिनी तस्करी ?

झापा । मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको १० बोरा चिनीसहित एउटा अटो ट्याम्पो झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाको आधारमा मोरङको सिजुवा हुँदै आमवारिबाट झापाको दमकतर्फ आउँदै मे १ ह ५८५१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच १० बोरा अवैध चिनी बरामद गरेको प्रहरीले जनाएको छ । सो चिनी मोरङका चतरामुनि र चुनिमारी सीमा नाकाबाट भन्सार छलेर भित्राइएको हो ।

प्रहरीले आइतबार दिउँसो पौने २ बजे चिनी लोड भएको अटो ट्याम्पोलाई पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ९ स्थित चिया दोकान नजिकैबाट नियन्त्रणमा लिएको हो ।

५० केजीको दरले १० बोरा चिनी ३५ हजार र अटो ट्याम्पोलाई ३ लाख गरी ३ लाख ३५ हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सशस्त्र र नेपाल प्रहरीले झापाका सीमा नाकाबाट हुने तस्करीमा कडाइ गरिएसँगै पछिल्लो समयमा मोरङको चतरामुनि, चुनिमारी, वरडंगा, महादेवा सीमा नाकाबाट तस्करी गतिविधि फस्टाएको कारोबारी स्रोतको दाबी छ ।

प्रकाशित मिति : असार १८, २०८० सोमबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]