जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधारा धाममा अर्जुन र गाईको नयाँ मुर्ति

अर्जुनधारा । अर्जुनधाराधाममा अर्जुन र गाईको मुर्ति परिवर्तन गरिएको छ । पुरानो मुर्ति हटाएर नयाँ प्रतिस्थापन गरिएको कार्यलय सचिव कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी रहेको धाममा त्यसैको मुर्ति बदलिएको छ । अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति अर्जुनधाराको विशेष इतिहास हो । अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा नयाँ मुर्ति राखिएको धामका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

पुरानो

यसै हप्ता पुरानो मुर्ति हटाएर नयाँ राखिएको छ, गट्टानीले भने – काम अझै सकिएको छैन । गट्टानीका अनुसार लगभग ४० वर्ष अघि निर्माण गरिएको मुर्ति बदलिएको छ । पुरानो मुर्तिको पुजा गरेर समाधी गरिएको बताइएको छ । निर्माण सम्पन्न भएपछि प्रतिस्थापन गरिएको नयाँ मुर्तिमा अर्जुनले पानीको फोहोरा निकालेको देख्न पाइने छ । अर्जुनधारामा धाममा यतिबेला बालाचतुर्दशीको भव्य तयारी गरिराखिएको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  ११ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]