बैशाख १३, २०८१ बिहीबार

इलामे अनेरास्ववियुलाई सलाम : जसले भारतले कब्जा जमाएको भुमिमा फहरायो नेपालको झण्डा

इलाम । भारतले अतिक्रमण गरेको  नेपाली भुमिमा  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ ।
भारतिय सिमा सुरक्षा वल (एसएसबि)सँग प्रतिकार गरि इलामको सन्दकपुर गाउँपालिका वडा न. ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिबार नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।

केही समय अगाडि गांउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरुद्ध गरि भारतले कब्जा जमाएको उक्त क्षेत्रमा अनेरास्ववियुले झण्डा फहराए अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (एसएसबि)ले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो ।

झडपमा एसएसबिका एक जवान सामान्य घाइते भएका छन । अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निशेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन ।

भारतीय नक्सामा नेपाली भूमि प्रयोग  गरेपछि विरोध र वहस तातिरहेका छ । भने सरकारले यसको विरुद्धमा दलहरु बीच राष्ट्रिय एकता समेत भएको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]