बैशाख १७, २०८१ सोमबार

महापुराणको आयव्यय सार्वजनिक

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित सामुहिक उद्धार तथा उपकार संघले श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।

संघद्वारा बुधबार कार्यालयमा आयोजित आयव्यय सार्वजनिकीकरण कार्यक्रममा गत जेठ ५ गतेदेखि शुरु भई १२ गते सम्पन्न महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष जनार्दन उप्रेतीको सभापतित्व रहेको कार्यक्रममा सचिव मिलन मोक्तानले पुराणबाट जम्मा आम्दानी ७ लाख ९८ हजार ८ सय ८१ रुपैयाँ र खर्चतर्फ ३ लाख ५९ हजार ३ सय ६५ रुपैयाँ रहेकोमा बचत ४ लाख ३९ हजार ५ सय १६ रुपैयाँ रहेको जानकारी गराए ।

मोक्तानका अनुसार फेरि संस्था तथा दाता महानुभावहरुको सहयोग लिएर ५ लाख १० हजार ४ सय ८४ रुपैयाँ संकलन गरि जम्मा ९ लाख ५० हजार रुपैयाँ पु¥याइएको छ । संस्थाको बृहत उन्नतिका लागि पितृ मोक्ष भवन छेउ दक्षिण पट्टि निकट भविष्य मै अखण्ड दिप प्रज्वलन भवन निर्माण गर्न स्थानीय रजनी काफ्लेसँग १० धुर जमिन १८ लाख रुपैयाँमा खरिद गर्न संस्थाले पुराणअघि ५० हजार रुपैयाँ बैनापट्टा गरिसकेकोले १० लाख रुपैयाँ संकलन गरेर सो रकम बैना स्वरुप काफ्लेलाई दिएको जानकारी समेत गराएका छन् ।

संस्थाले धार्मिक कार्य गर्नुका साथै मानवसेवा पनि गर्दै आइरहेको बताइएको छ । सचिव मोक्तानले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश त्रिखत्री, सहसचिव यमुना बास्कोटा, कोषाध्यक्ष प्रमिला थापा मगर , सल्लाहकार कृष्णकुमारी काफ्ले, सदस्य देवीमाया अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार २१, २०८० बिहीबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]