बैशाख १५, २०८१ शनिबार

भ्रमण वर्ष २०२० को सफलताका लागि झापाबाट २५ किमि पैदलयात्रा

बिर्तामोड । पर्यटन प्रवद्र्धनका लागि झापाबाट जनजागरण अभियान–२०७६ शुरु गरिएको छ । आजबाट शुरु भएको अभियानमा झापाका २७ जना युवा सहभागी छन् ।

युवा व्यवसायी, राजनीतिकर्मी, पत्रकार सहभागी अभियान हरेक महिनाको अन्तिम शनिवार सञ्चालन गर्ने पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले जानकारी दिए । भ्रमण वर्ष –२०२० लाई लक्षित गरी जनजागरण अभियानको शुरुआत गरिएको उनको भनाई छ ।

झापा–इलामको सिमाक्षेत्र मेचीनगर–३ र रोङ गाउँपालिका –५ को बेसिबजारबाट विहान ८ बजे पैदय यात्रामा निस्किएको टोली साँझ ५ बजे कुट्टिडाँडास्थि हाँस पोखरी पुगेको थियो । भ्रमण वर्षलाई सफल बनाउन योगदान गर्ने गरी संभावना समेत खोजी गर्दै पहिलो दिनको अभियान सम्पन्न गरिएको आचार्यले जानकारी दिए । आउँदो महिनाको अन्तिम शनिवार नेपाल–भारतको सिमा क्षेत्रमा जनजागरण अभियान सञ्चालन गरिने बताइएको छ ।

सो टोलीलाई प्रदेश सांसद् श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, मेचीनगरका नगर प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती, डिएसपी गोबिन्द कार्की, समाजसेवी बृहस्पति खतिवडा लगायतले शुभकामना सहित बिधाई गरेको टोली नेता डिल्लीराम घिमिरे जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]