बैशाख १४, २०८१ शुक्रबार

तिन जिल्लामा सञ्जाल बनाएर १ अर्व २४ करोड ठग्ने योजनाकार बिर्तामोडबाट नियन्त्रणमा

बिर्तामोड । हजारौं सर्वसाधरणलाई सञ्जालमा जोडर ठगी गर्ने तयारी गरिरहेका तिन व्यक्तिलाई इलाका प्रहरी कार्यलय अनारमनीले शनिवार नियन्त्रणमा लिएको छ ।

झापाका ३२ महिलालाई बिर्तामोडमा प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमस्थलबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मोरङ घर बताउने राजु कर्माकार, शितल पोखरेल र कानुनी सल्लाहकार बुद्ध कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी मोहन थापाले जानकारी दिए ।

सिर्जनशिल समाज नेपाल नामक संस्थाले ‘लक्ष्य मुस्कान’ कार्यक्रम मार्फत झापा, मोरङ र सुनसरीका महिलालाई संगठित रुपमा प्रशिक्षण प्रदान गर्दै आएको थियो । झापाका ३२ महिलाले पनि उनीहरुबाट तिन वटा तालिम लिइसकेका छन् । तेस्रो तालिम लिइरहेको समयमा शंका लागेर सोधपुछ गर्दा जवाफ नपाए पछि प्रहरीलाई खवर गरिएको थियो । शनिवारको कार्यक्रममा हरेक महिलालाई श्रीमान लिएर आउन भनिएको थियो ।

सो संस्थाले महिलालाई अभिकर्ताको रुपमा नियुक्ति दिएर विभिन्न चरणमा सहजीकरण गर्दै आएको पीडित रुपवती राजवंशीले जानकारी दिइन् । उनी असोज १ गतेबाट सो संस्थामा आवद्ध भएको बताइन् । उनका अनुसार महिलाहरुलाई गाउँगाउँमा गएर एउटा फारम भर्न दिइएको छ । अभिकर्ता बनेपछि अनिवार्य २ हजार फारम भराउनु पर्ने र फारममा सबै विवरण भर्नुपर्ने उल्लेख छ । पीडित महिलाका अनुसार फर्म भरेको १ सय प्रति फर्म दिने संस्थाका प्रतिनिधिले कबोल गरेका थिए ।

झापा, मोरङ र सुनसरीमा १०४ जना महिलालाई अभिकर्ता बनाएको सिर्जनशिल समाज नेपालले सबै महिलालाई २÷२ हजार फर्म भर्न निर्देशन दिएको थियो । त्यसरी फर्म भर्दा लक्ष्य मुस्कान कार्यक्रमको जम्मा सदस्य २ लाख ८ हजार पु¥याउने देखिन्छ । सबैलाई सदस्यता दिएर परिवारको निःशुल्क उपचार गर्ने भन्दै फारम भराइएको बताइएको छ । सदस्यसँग च्यारिटि–सो गराउने भन्दै जनही २ हजार उठाउनु पर्ने भनेपछि महिलाहरु सशंकित भएर प्रतिप्रश्न गरेपछि हंगामा भएको थियो । २ लाख ८ हजार सदस्यसँग २ हजारका दरले वार्षिक रुपमा उठाउँदा ४१ करोड ६० लाख संकलन हुन्छ । संस्थाले ३ वर्षको कार्यक्रम भन्दै हरेक वर्ष यो रकम उठाउने योजना बनाएको देखिन्छ । यसरी तिन वर्षसम्म उठाउँदा १ अर्व २४ करोड ८० लाख उठ्ने देखिन्छ ।
बिर्तामोड–५ कि अस्मिता खनालले पनि श्रीमान लिएर कार्यक्रममा सहभागी भएकी थिइन् । बिर्तामोडको आगन होटलमा चिया , नस्ता खुवाएर गरिएको कार्यक्रममा आवतजावतको भाडा आफ्नै थियो । उनका श्रीमान रवि खनालका अनुसार नियन्त्रणमा लिइएका तिनै व्यक्तिले सरकारभन्दा आफ्नो संस्था बलिएको भएको दावी गरेका थिए । जीआइसी विमा कम्पनीमा समेत २० करोड लगानी गरेको बताइएको खनालले जानकारी दिए ।

विभिन्न राष्ट्रका ठुला प्रोजेक्ट समेत सञ्चालन गर्दै आएको भन्दै भ्रम छरेर आकर्षित बनाउँदै तिन युवाले महिलालाई धेरै कमाइ हुने सपना बाँढेको पीडित विमला थापाले इजलासलाई जानकारी दिइन् । ३२ जना महिलालाई सो संस्थाले दुई पटक पारिश्रमिकको सन्दर्भमा सम्झौता गरेको थापाले बताइन् । सप्तकोशी जव सेन्टर मार्फत मासिक १५ हजार त्यसमध्ये जव सेन्टरलाई ४ हजार दिनुपर्ने उल्लेख छ । दोस्रो पटक तिनै युवाले ८ हजार मासिक तलव भन्दै सम्झैता गरेको थापाको भनाई छ । ठगि भइरहेको बुझेपछि महिलाहरुले इप्रका अनारमनीमा उजुरी दिएका छन् । उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीले आधिकारिक कागजात खोजी गर्दा नभेटिएको डिएसपी थापाले बताए ।

प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]