जेष्ठ ४, २०८१ शुक्रबार

कनकाई पुल छेउबाट २ लाखको कपडा बरामद

बिर्तामोड । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको साढे २ लाख बढीको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-३ स्थित माई पुल छेउमा विभिन्न सवारी साधन चेकजाँचको क्रममा सो २ लाख ५६ हजार ४४० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले बरामद गरिएको सामानमा कटन ब्लाउज १७६ पिस, राधे राधे गम्छा, कटन ब्लाउज १७६ र साडी ४५ थान बरामद गरेको हो । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : असार २४, २०८० आईतबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]