जेष्ठ ३, २०८१ बिहीबार

बिर्तामोडमा बजाजका दुई नयाँ पल्सर विक्री सुरु

बिर्तामोड । बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा गु्रप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको बताएको छ ।

दुई नयाँ पल्सर बिर्तामोडस्थित बजारको डिलर मेची पावर मोवाइल ट्रेडले विक्री सुरु गरिसकेको छ ।

पल्सर एनएस २०० युएसडी अर्थात अपसाइड डाउन
नयाँ पल्सर एनएस २०० युएसडीमा १९९.५ सीसीको लिक्विडकुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएस ६ इन्जिन रहेको छ । यसले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क जेनेरेट गर्छ । यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।
पल्सर एनएस २०० युएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ । यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिङ प्रदान गर्ने कम्पनीको भनाइ छ ।

पल्सर एनएस १६० युएसडी अर्थात अपसाइड डाउन

पावर–प्याक्ड र रमाइलो बजाज पल्सर एनएस १६० युएसडी एक गतिशील बाइक हो जुन राइडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मुर्त रुप दिन डिजाइन गरिएको बताइएको छ ।
पल्सर एनएस १६० युएसडीमा १६०.३ सीसीको आयलकुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएस ६ इन्जिन रहेको छ । यसले ९००० आरपीएममा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क जेनेरेट गर्छ । यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर एनएस १६० युएसडीले सबैको ध्यान आकर्षित गर्छ । साहसिक पल्सर एनएस १६० युएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलतासँग कुनै सीमा नरहने कम्पनीको भनाइ छ ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यी दुबै पल्सरमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ जसले गर्दा राइडरले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्छन् । यी दुबै बाइकहरुमा राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकता राख्दै बजाजले ड्युअल च्यानल एबीएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ ।

दुबैमा भएको ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रियर नाइट्रोक्स मोनोशक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन् ।

यसमा रहेको न्यु स्पोर्टि ग्राफिक्सको स्लिक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्यांकीमा बाँकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ भन्ने देखाउँछ ।

अगाडि १००-८०-१७ र पछाडि १३०-७०-१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरूले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ ।

पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९ सय र ३ लाख ८४ हजार ९ सय रुपैयाँमा उपलब्ध छन् ।

प्रकाशित मिति : असार २५, २०८० सोमबार  ११ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]