बैशाख २७, २०८२ शनिबार

हात्ती धपाउने विद्युतीय धरापमा फेरि एकजनाको मृत्यु

भद्रपुर – हात्ती धपाउन गैरकानुनी रूपमा सामुदायिक वन, खेतबारी र घर वरिपरि राखिएको विद्युतीय धरापमा परी हात्ती होइन, झापामा मान्छेकै ज्यान गइरहेको छ। 

गत कात्तिक १६ मा हात्ती धपाउने विद्युतीय धरापमा परी बुद्धशान्ति गाउँपालिकामा मामा–भान्जाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार साँझ मेचीनगरको धुलाबारीमा एक महिलाको मृत्यु भएको छ। विद्युतीय धरापमा परी मृत्यु हुनेमा मेचीनगर–९, धुलाबारीकी ५७ वर्षीया बुद्धिमाया तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार गाईबस्तु धपाउने क्रममा विद्युतीय धरापमा परी करेन्ट लागेर तामाङको घटनास्थलमै मृत्यु भएको छ। आफ्नै खेतबारीमा जङ्गली हात्ती धपाउन थापिएको विद्युतीय धरापमा महिला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।  यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय धुलाबारीले कानुनी प्रक्रिया पूरा गरी महिलाको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]