घोषसहित भद्रपुरबाट १४ जना प्रहरी नियन्त्रणमा
भद्रपुर । प्रहरीले भद्रपुर बजारबाट १४ जना ‘जुवाडे’लाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई २ लाख २६ हजार ५ सय सहित १४ जनालाई वडा प्रहरी कार्यालय भद्रपुरले आइतवार राती ११ बजे नियन्त्रणमा लिएको हो ।

भद्रपुर –५ स्थित भद्रपुर बजारमा रहेको पुल हाउसमा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ । प्रहरीले तास खेलिरहेको अवस्थामा भेटिएका भद्रपुरका संजित घोष, विजय शाह, देवेन्द्र राजवंशी, श्रीकृष्ण अग्रवाल, सागर खड्का, बलदेव राजवंशी, अमरदिप घोष, राजिब सहनी, रुपेश झा, रवि राजवंशी, अनुज दास, गणेश सिंह, कविर क्षेत्री र शिव महतोलाई नियान्त्रणमा लिएको छ ।
विभिन्न कम्पनीका १६ थान मोवाइल सहित नियन्त्रण लिइएको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।