धार्मिक महोत्सव १०८ कोटिहोममा खेल तमासा
झिलझिले । झापाको सताक्षीधाम आयोजना भईरहेको सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा सोमबार देखी खेल तमासा पनि थपिएका छन् । सर्वसाधरण तिर्थयात्रिको माग बढेकोले खेल विधा थपिएको महोत्सवको सुरक्षा, स्वयमसेवक तथा व्यवस्थापन उपसिमितिका संयोजक फुर्वा (प्रदिप गोले)तामाङ्गले बताए ।

सताक्षी नदीको तटिय क्षेत्रमा खेलका आधा दर्जन वढी आईटम थपिएका छन् । पिङ्ग, रेलगाडी, झुलाला, टेनिस लगायतका खेल संचालन हुन थालेको समितिले जनाएको छ । मेलामा कानुनद्धारा वर्जित खेललाई स्थान नदिईने र कोहि कसैले बर्खीलाप गरे कानुनी दायरामा ल्याईने आयोजक समितिले जनाएको छ ।
कात्तिक २७ देखी मंसिर ९ गतेसम्म संचालन हुने धार्मिक महोत्सव तथा अष्टोत्तरसत कुण्डीय कोटिहोममा नेपाल लगायत भारत, भुटान, माल्दिप्स, अमेरिका, जर्मन, हङ्गकङ्ग लगायतका मुलुकबाट तिर्थ यात्रीको आवगमन भईरहको छ । आयोजकका अनुसार हालसम्म भारतका ३० हजार र नेपालका १ लाख ५० हजार तिर्थालुले धार्मिक महोत्सव तथा पर्यटन भ्रमण वर्ष २०२०को पनि प्रचार प्रसार गर्ने उद्धेश्यले आयोजना भएको कार्यक्रम विगत ५ वर्षदेखी नियमिति हुदै आएको छ ।
विगत ४ वर्ष गौ कथा महोत्सव संचालन हुदै आएको थियो भने यो वर्ष बृहत रुपमा धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटिहोम आयोजना भएको महोत्सव मुल आयोजक समारोह समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलले बताए ।
सताक्षीधाममा वालाचर्तुदशी धार्मिक मेला स्वतस्फुर्त लाग्ने छुट्टै विशेषता छ । हालसम्मको तथ्याङकका आधारमा विश्वका १३ मुलुकका हिन्दु धर्मालम्वीले वालाचतुदर्शीमा सतविज छर्ने गरेका छन् ।
वर्षेनी तिर्थयात्रुको सताक्षीधाममा उपस्थिति बाक्लिन थालेपछि स्थानीय तहले पनि नयाँ ढंगले व्यवस्थापन गर्न थालेको छ । शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरी नगरको मुख्य पहिचानका रुपमा स्थापित हुन थालेको बताए ।