बैशाख १३, २०८१ बिहीबार

पशुचौपायको तस्करी रोक्दा झापा प्रहरी विरुद्ध उच्च अदालत इलाममा रिट दर्ता

बिर्तामोड । झापा प्रहरीले पशु चौपायको तस्करी नियन्त्रण गरेपछि सिराहका एक व्यापारीले उच्च अदालत इलाममा रिट निवेदन दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीलाई विपक्षी बनाएर सिराह बरफहवा नगरपालिका–६ का २८ वर्षीय निरज कुमार सिंहले रिट दर्ता गरेका हुन् । सोहि रिटको आधारमा उच्च अदालतले १५ दिन भित्र अदालतमा हाजिर हुन प्रहरी उपरीक्षक दिनेराज मैनाली र अनारमनीका डिएसपी मोहन थापालाई जानकारी गराएको छ ।

रिट निवेदन दर्ता गर्ने सिंहका बुबा शम्भु सिंह चौपायको ठुला व्यापारी हुन् । पूर्वका तस्करले उनैले पठाएका चौपाय भारत लाने गरेको बताइएको छ । उनको सट्टा छोराको नाममा रिट दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका कार्यलयले झापामा कुनै पनि हालतमा चौपायको तस्करी हुन नदिने भएपछि दुवै कार्यलय विरुद्ध रिट परेको छ । वैधानिक रुपमा देशभर पशु चौपायको व्यापार गर्दै आएको दावी गर्दै सिंहले गैरकानुनी रुपमा प्रहरीले चौपायमा रोक लगाएको उल्लेख छ । झापा प्रहरीले तस्करी पूर्ण रुपमा अन्त्य गर्ने अडान लिएपछि पश्चिन नेपालबाट अहिले चौपायको आयात बन्द भएको छ ।

झापा प्रहरीका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले तस्करी रोक्नु गैरकानुनी नभएको स्पष्ट पारेका छन् । उनले झापाको भूमिबाट पशुचौपायको तस्करी रोक्न कसैसँग सम्झौता नहुँने बताए । प्रवक्ता श्रेष्ठले भने – धेरै कुरा जान्दैनौं, यत्ति हो । तस्करी रोकिन्छ ।

सिंहले झापाको दमक, दामुना, कुञ्जिबारी, सूरुङा, खुदुनाबारी, चकचकी, घैलाडुब्बा , धुलावारी र भद्रपुरमा चौपायको व्यापार गर्दै आएको अदालतमा दर्ता गराएको रिटमा उल्लेख छ । दैनिक दर्जनौं ट्रकमा झापा ल्याइएका पशु चौपाय भारत निकासी हुने कुरा अदालतलाई जानकारी दिएका छैनन् । सयौंको संख्यामा ल्याइने यत्तिका चौपाय कहाँ जान्छ ? झापा प्रहरीले सबै भारत तस्करी हुने गरेको दावी गरेको छ । ठुलो परिमाणमा ल्याइने पशु चौपाय झापाका बजार र यहाँ खपत नै छैन – प्रहरी भन्छन्, यसको लगत कहा छ ?

प्रहरीका अनुसार चौपाय खरि विक्रि केन्द्र नामक फर्मबाट उनीहरुले देशभरका चौपाय झापा पठाउने गरेका छन् । विभिन्न बजारमा लैजाने बहानामा दक्षिण क्षेत्रबाट भारत जान्छ । तस्करीको लागि सहयोग गर्नु पनि तस्करी नै हो, प्रहरीले भने । उच्च अदालतमा सिंहले झापा प्रहरीले चौपाय रोकेर गैरकानुनी काम गरेको भन्दै निर्वाध व्यवसाय गर्न पाउनु पर्ने माग राखेका छन् ।

झापा प्रहरीलाई मात्र रिट निवेदन दर्ता गर्नुले अन्य जिल्लाका प्रहरीले सिंहलाई सहयोग गरेको देखिन्छ । सिंहले झापा पठाएका सबै चौपाय भारत निकासी हुने गरेको प्रहरीको दावी छ । नेपालबाट चौपाय भारत लैजानु कानुन विपरित छ ।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]