बैशाख १३, २०८१ बिहीबार

जापानको सहयोगमा ४ कोठे भवन

अर्जुनधारा । झापाको अर्जुनधारा–४ स्थित रातेखालमा जापानको आकियो स्मृति सदनको आर्थिक सहयोग तथा घनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढीको समन्वयमा ४ कोठे भवन निर्माण भएको छ ।

कोतारो इनोउए र योसिरो इनोउएका भाई आकियोको सम्झनामा सो भवन निर्माण गरिएको सोमवार भवनको उद्घाटन गर्दै जानकारी दिइयो । ४९ लाख रुपैयाँको लागतमा निर्माण भएको भवन ५ महिनाको अवधिमा सम्पन्न भएको थियो ।

नवदुर्गा आधरभूत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय प्रमुख पंकज भुर्तेललगायतको उपस्थिति रहेको थियो । स्वागत बिद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले गरेको कार्यक्रमलाई शिक्षक तोयानाथ ओलीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]