जेष्ठ ७, २०८१ सोमबार

पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी क्यान्सर इन्स्टिच्युटबीच सम्झौता

बिर्तामोड । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरबीच महत्वूर्ण सम्झौता भएको छ । दुई अस्पतालबीच क्यान्सर उपचारमा आवश्यक सीप, अनुसन्धान र प्रविधि आदानप्रदान गर्ने सम्झौता भएको हो ।

शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गर्दै राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका मेडिकल निर्देशक डा. सुधिर कुमार रावल र पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल निर्देशक डा. विरेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार अबदेखि राजीव गान्धीका विज्ञ चिकित्सकले पूर्वाञ्चल क्यान्सर अस्पतालका चिकित्सक, स्वास्थयकर्मी तथा प्राविधिकलाई आवश्यक तालिम दिने, फेलोसिप कार्यक्रममा सहभागिता गराउने तथा राजीव गान्धीमा उपचार गराएका बिरामीलाई यहीं नै फलो गर्नका लागि समन्वय गरिने अस्पतालका मेडिकल निर्देशक विरेन्द्र यादवले बताए । पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार सम्भव नहुने क्यान्सर बिरामीलाई अस्पतालले नै समन्वय गर्दै राजीव गान्धीमा चिकित्सकसहितको समय लिएर उता पठाइने र त्यसरी पठाउँदा बिरामीलाई उपचारमा १० प्रतिशत छुट दिइने सम्झौतामा उल्लेख छ ।

मेडिकल निर्देशक डा. यादवका अनुसार राजीव गान्धी जस्तो सुविधिासम्पन्न इन्स्टिच्युटले विश्वास गरेर सीप र उपचार साटासाटमा सम्झौता गर्नु नै ठूलो कुरा हो । त्यसमा पनि यो सम्झौताले हामीलाई भन्दा पनि बिरामीलाई नै बढी फाइदा हुने हो । यो सम्झौता अनुसार अबदेखि राजीव गान्धीमा उपचार गराइरहेका बिरामीलाई हामी यहीं फलो अप गर्न सक्छौै भने यदि उताकै चिकित्सकसँग परामर्श चाहिएमा हामीले नै टेलिमेडिसिन मार्फत उक्त व्यवस्था गरिदिनेछौ । यसले बिरामीलाई बारम्बार ससानो कुराको लागि दिल्ली जानुपर्दैन ।

अस्पतालमा आवश्यक परेको खण्डमा राजीव गान्धीका चिकित्सकले बिर्तामोड आएर बिरामीको उपचार र अनुसन्धानमा सघाउने बताइएको छ ।

‘सम्झौता पत्रमा हस्ताक्षर गर्दै राजीव गान्धी क्यान्सर इन्स्टिच्युटका मेडिकल निर्देशक डा सुधिर कुमार रावलले राजीव गान्धी इन्स्टिच्युटले पूर्वाञ्चल क्यान्सर अस्पतालसँग सम्झौता गर्नुको कारण यस अस्पतालले स्थापनाको छोटो समयमा क्यान्सर उपचारमा गरेको प्रगति भएको बताए । उनले आफूहरु यहाँ आएर हेर्दा आफनो सेन्टरमा भन्दा प्रविधिका हिसाबले कुनै कमी नदेखेको प्रतिक्रिया दिए ।

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमै हुने उपचारका लागि राजीव गान्धीमा आउन नपर्ने र यहीं नै उत्कृष्ट सेवा लिन सकिने समेत जिकिर गरे । उनले यहाँ सम्भव नहुने उपचारमा मात्र हामी कहाँ आउनुहोस् त्यसका लागि हामी छँदैछौं ।’ अन्यथा यहीं उपचार हुनेछ ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले क्यान्सर उपचारलाई नेपालमै सहज बनाउनका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै पूर्वाञ्चल क्यान्सरलाई एसियाकै नमुना अस्पताल बनाउने लक्ष्य रहेको र सोही अनुसार सेवा विस्तार गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : असार ३१, २०८० आईतबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]