बैशाख ७, २०८१ शुक्रबार

सभ्य समाज निर्माणको लागि ‘म अघि बढ्छु’ कार्यक्रम बनाएका हौं : मन्त्री कार्की

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ कार्यक्रम समाज रुपमान्तरणका लागि महत्वपूर्ण भएको बताएका छन् । उनले सभ्य समाज निर्माणको लागि प्रदेश सरकारको कार्यक्रम प्रभावकारी कार्यान्वय गर्न सरोकारवालालाई निर्देशन समेत दिएका छन् ।

आज बिर्तामोडमा आयोजित शिक्षक नायक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले १३ देखि १९ वर्ष उमेरका पुस्तालाई सहि बाटोमा डोहो¥याउन म अघि बढ्छु कार्यक्रम ल्याएको जानकारी दिए । सो कार्यक्रमले टिनेजर पुस्तालाई गलत बाटोमा लाग्नबाट बचाउने बताएका छन् । समाजमा टिनेजरेको अवस्था भयावह छ, मन्त्री कार्कीले भने – लागुपदार्थ दुव्र्यसनको कारण भोलीको समाज नै डरलाग्दो बन्ने देखेर यो कार्यक्रम प्रदेशमा अघि बढाइएको हो ।

हरेक विधालयमा सगरमाथा टिन्स क्लव गठन गरेर बेलैमा सचेत बनाउँदा भविष्यमा ठुलो समस्या नआओस् , हाम्रो चहाना पनि त्यहि हो उनले भने – कार्यक्रम सामान्य देखिए पनि यसको परिणाम ठुलो हुनेछ । शिक्षक नायकलाई अभिमुखिकरण प्रदान गर्दै मन्त्री कार्कीले समाज बनाउन सबैको दायित्व रहेको भन्दै शिक्षकको दायित्व झनै धेरै रहेको भनाइ राखेका छन् । उनले शिक्षकहरुलाई भनेका छन्, तपाईहरु जागिरे मात्र होइन, यो देशको नागरिक पनि हो ।

सबै मिलेर सभ्य समाजको निर्माण गरौं । विधार्थी उमेरमै राम्रो कुराको ज्ञान दिन सकियो भने उनीहरु सहि बाटोमा लाग्ने र विजयी हासिल गर्ने मन्त्री कार्कीको तर्क छ । लागुऔषधले धेरेको परिवार तहसनहस भएको छ । यदि परिवार राम्रो बनाउन सक्यौं भने समाज र राष्ट्र पनि राम्रो बन्ने उनले थपे ।

झापाको मेचीनगर, बिर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, कनकाई र अर्जुनधाराका शिक्षक नायकलाई सहभागी गराइएको कार्यक्रममा जिसस झापाका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटी, कार्यक्रमका प्रदेश संयोजक रवि खनाल लगायतले मन्तब्य राखेका छन् ।

जिसस प्रमुख पोर्तेलले अहिलेको शिक्षा बोइलर कुखुरा जस्तो भएको टिप्पणी गरेका छन् । उनले शिक्षकलाई आग्रह गर्दै शिक्षालाई लोकल कुखुरा जस्तो बनाइनु पर्ने बर्ता । सामाजिक चेतना समेत विधार्थीलाई आवश्यक भएको पोर्तेलको भनाई छ ।


म अघि बढ्छु कार्यक्रमको मुल उदेश्य युवाहरुलाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान, अनुशासित बनाउने हो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली लगायतले प्रशिक्षण प्रदान गर्ने झापाका कार्यक्रम संयोजक डम्बर अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  १२ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]