बैशाख १६, २०८१ आईतबार

एनएमसीले सच्यायो कमजोरी, ७ वर्षमा ११ करोड ३३ लाख राहत वितरण

बिर्तामोड । एनएमसीले सदस्यको अनुमति विनै कोषमा जम्मा गरेको ७ सय रुपैयाँ सदस्यको खातामा फिर्ता गर्ने भएको छ । आज बसेको आकस्मिक बैठकले सदस्य कल्याणकारी योजनामा जम्मा गरेको सदस्यको बचत फिर्ता गर्ने निर्णय गरेको हो । एनएमसीले सदस्यहरुको दवावका कारण २४ घण्टा नवित्दै कमजोरी सच्याएको छ ।

संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको जानकारी दिए । साथै सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिने समेत बताएका छन् ।

एनएमसीले एक विज्ञप्ति जारी गर्दै वितेको ७ वर्षमा सदस्यहरुलाई ११ करोड ३३ लाख ४८ हजार ९९८ रुपैयाँ प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]