चैत्र १६, २०८० शुक्रबार

सताक्षीधाम धार्मिक महोत्सव : ६ दिनमा ७५ लाख वढी भेटी संकलन

विनोद सापकोटा

झापा । झापाको सताक्षीधाममा संचालन भईरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैटौ दिनसम्ममा ७५ लाख माथी नगदै संकलन भएको छ ।

महोत्सव मुल आयोजक समारोह समितिका सदस्य सचिव डिल्ली नेपालका अनुसार हाल सम्म ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको हो । धान्याञ्चल (धान) कम्तिमा ४० क्वीन्टल र ताण्डुलाचल (चामल) ३५ क्वीन्टल संकलन भएको आयोजक समितिले जनाएको छ ।
कार्तिक २७ देखी मंसिर ९ गते सम्म संचालन हुने सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोम मा अपेक्षाकृत भेटी संकलन भएको आयोजक समितिले जनाएको छ । महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सव पनि सचालन भईरहेको छ । १३ दिवसीय १०८ कुण्डीय कोटिहोम पूर्वमा हाल सम्म कै ठुलो धार्मिक कार्यक्रम भएको तिर्थयात्रीले बताएका छन् ।

१ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उद्धघाटन गरेको कार्यक्रममा हालसम्म नेपालका ५१ जिल्लाका तिर्थ यात्री सताक्षीधामको कोटिहोममा सहभागी भएका छन् । आयोजक समितिको सूचना डेक्सका अनुसार नेपालका हालसम्म करिव ५ लाख धर्मालम्बीले कोटिहोममा सहभागी भएको जनाएको छ । यस्तै भारत, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, बंगलादेश लगायत मुलुकका हालसम्म १२ हजार हिन्दु धर्मका तीर्थयात्रीले सहाभागीता जनाएका छन् ।

सताक्षीधाम परिषरमा देखिएका उर्लावारी ७ मोरङ्गको शिद्धीबिनायक गणेश मन्दिरका अध्यक्ष महेन्द्र थापाले अचम्वीत हुदै भने, ‘सताक्षीधामलाई सन्त निवासको रुपमा परिणत गर्न स्थानीय तहले योजना बनाउनु पर्छ ।’ ५ वर्ष अघि सताक्षीधाम आउँदाको पीडा १०८ कोटिहोमले भुलिदिएको उनले बताए ।

संखुवासभाबाट मनोकांक्षा पुरा गर्न पहिलो पटक सताक्षीधाम आएकी सामापोखरी ३ की हर्कमाया बाह्रकोटीले तोला दान गर्दे भनिन्, ‘सताक्षीमाताले जिवनका सवै रोग हरण गरुन् ।’ सताक्षीधाम आउने उनको यस अघि पनि ठुलो ईच्छा थियो । उनले भनिन्, सताक्षीले यसैबेला बोलाएर मेरो मनोकांक्षा पुरा गर्नुभयो ।’ सताक्षीको पूर्वाधार थपिएकोमा धरमपुर झापाका रामेश्वर चौधरीले खुसि व्यक्त गरे । उनले भने ‘सताक्षीधाममा सन्तको आवगमन भएपछि लोभ, मोह, र इस्र्या हटेर गयो ।’ वर्षेनी देवालय थपिदै गएका छन, उनले भने । ०७१ सालमा सताक्षीधाममा आचार्य नन्दकिशोर भारद्धाजले २ वटा गाई वृन्दावनबाट ल्याएर गौशालाको स्थापना गरेका थिए । सो गौशालमा यतिवेला ३०५ वटा गाई संरक्षणमा छन् ।

नेपालबाट भारत निकासीका लागि लैजादै गरेका, सडकका असहाय र अपाङ्ग गाईको गौशालाले संरक्षण गर्ने गरेको छ । अघिल्ला ४ वर्षमा पनि सताक्षीधाममा धार्मिक अनुष्ठान हुने गरेका थिए । यो वर्ष झापाका १५ वटै स्थानीय तह कोटिहोम मुल आयोजक समारोह समितिको सदस्य बनेपछि महोत्सव बृहत बनेको हो । महोत्सवमा १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्वु, राजेन्द्र लिङ्गदेन, प्रदेश सांसद झलक बहादुर दर्लामी मगर लगायतको सहभागीता भईसकेको छ ।

मन्त्री लगायतका सांसदले सताक्षीधाममा बाटो, खानेपानी, संचार, सुरक्षा लगायतका विषयमा आआफ्नो ठाँउबाट सहायोग गर्ने बताए । यता झापा निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङ्गदेनले भ्रष्टचार गर्नेहरुलाई तहलगाउन सक्ने शक्ति आफुलाई प्रदान गरिदिन सताक्षीमातासँग बरदान मागे । उनले भने, ‘राजनीति गर्नेले भ्रष्टचार गरेकै कारण आफ्लाई राजनीतिक व्यक्ति भन्न लाज हुन्छ ।’ नेता कार्यकर्ताकै ११÷१२ कक्षा अध्ययन गर्ने छोरा छोरीले पनि आफ्ना अभिभावक राजनीतिककर्मी हो भन्न हिच्किचाउने गरेको उनले बताए । ‘मैले अहिले सम्म १ रुपैया भ्रष्टचार गरेको छैन, अब पनि नगर्ने शक्ति मिलोस र भ्रष्टाचार गर्नेलाई तह लगाउने शक्ति मिलोस’, उनले भने । लिङ्गदेनले ३ पटकसम्म नेपाल आमाको जय जयकार गरेका थिए ।

सताक्षीधाम धार्मिक महोत्सवमा खेल तमासा पनि शुरु भएको छ । ३ करोड खर्चको अनुमान गरेको आयोजक समितिले ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखेको छ । कोटिहोमबाट संकलन भएको भेटीले सताक्षीधाम क्षेत्रको पूर्वाधार निर्माण हुने शिवसताक्षी नगरकी उपमेयर भोजकुमारी नेपालले बताइन् ।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ५ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]