बैशाख २२, २०८१ शनिबार

दुर्गापुरमा दुर्घटना : गौरादहका एक युवाको घटनास्थलमै मृत्यु, यातायात अवरुद्ध खुल्यो

बिर्तामोड । झापाको कनकाई –१ दुर्गापुरमा आज विहान ७ बजे सवारी दुर्घटना हुँदा एक युवाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका छन् ।

ट्राफिकले चेकजाँच गरिरहेको सवारीमा आएर मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जानकारी दिए । मोसा चालक दर्जीलाई अहिले बिर्तामोडस्थित विएण्डसी अस्पतालमा राखिएको छ ।

पानी बोक्ने गाडि जाँच भइरहेको बेला मोटरसाइकल पछाडिबाट ठोक्किएको बताइएको छ । घटनापछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध समेत गरिएको थियो । यातायात अवरुद्ध भएपछि सुरक्षार्कीको उपस्थिति बाक्लो बनाइएको छ । छोटा हात्ती गाडिका चालक कनकाई ४ का ३३ वर्षीय पशुपति ओलीलाई इप्रका सुरुङाले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले चेकजाँचमा सावधानी नअपनाएका कारण दुर्घटना भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।
स्थानीय पत्रकार राम निरौलाका अनुसार अहिले यातायात सुचारु भइसकेको छ । घटनास्थलमा पत्रकार सिएम शर्माको मोवाइल खोसिएको छ । दुर्घटनास्थलमा रिपोटिङ गर्न पुगेका पत्रकार शर्माको मोवाइल सिभिल प्रहरीले खासेको भन्दै आपत्ति जनाएका छन् । पत्रकारको परिचय पत्र माग्दै सिभिल प्रहरीले दुव्र्यवहार गरेको शर्माको भनाई छ ।

प्रकाशित मिति : श्रावण ४, २०८० बिहीबार  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]