बैशाख १३, २०८१ बिहीबार

नेपालमा अवसर खोज्दै आसामिस गायक नवराज दाहाल

बिर्तामोड । भारत आसामका नवराज दाहाल नेपाली गित संगितको क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेका छन् । ३२ वर्षीय गायक दाहाल नेपाल भारतको सम्बन्धमा संगित क्षेत्र पनि पुल चाहान्छन् ।

आसामका चर्चित गायक नवराज दाहालले भर्खरै नेपाली भिडियो मार्फत बजारमा आएका छन् । झापाको सेल्फी डाँडामा छायाँङकन गरिएको लैबरी एल्बम्को जानी नजानीमा उनले आफ्नै उपस्थिति कायम गरेका छन् । भिडियोसँगै आफ्नै स्वरमा ल्याएको जानी नजानी अहिलेको चर्चित गित हो । उनले आसामिस, नेपाली, बोडो, आदिवासी, हिन्दी र बंगालीभाषमा गित गाउँदै आएका छन् । आसामका चर्चित गायक दाहालले आफ्नो प्रदेशका करिव १ सय ५० भन्दा धेरै स्टेज तताइसकेका छन् ।

लैबरी एल्मब उनको पहिलो एल्बम हो । गिता दाहाल निर्माता रहेको लैबरीमा ७ वटा गित समावेश छन् । जसमा पदम कडरियाले साथ दिएका छन् ।

आसाममा शिक्षण पेशामा समेत आवद्ध उनी जुविन गर्गको स्पर्ष एल्बममा समेत एउटा गित गाउने अवसर पाएका छन् । धर्मराज उपाध्यायले निर्माण गरेको एल्बम स्पर्ष आसामको चर्चित एल्बममा पर्छ । गित, संगित मात्र नभई दाहाल बोडो (मेचे) फिल्म नुङनी ओन्नायाओ (तिम्रो लागि) चलचित्रमा टाइटल गित नै गाएका छन् । तिमि ब्लाक अनि ब्यूटिको नयाँ भिडियो ल्याउने तयारी गरिरहेका दाहाल नोपली गित , संगितको क्षेत्रमा अवसर खोजि गरिरहेका छन् ।

दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन संगित क्षेत्रको योगदान हुने उनको बुझाई छ । आसाम मै जन्मिएका नवराजको नेपालसँग आत्मिय सम्बन्ध रहेको सुनाउँछन् । बाल्यकाल देखि नै गित गुनगुनाउने उनी अहिले आसामका सफल गायकको रुपमा परिचित छन् ।

अल इन्डिया रेडियो गुहाटीमा समेत गित गाउने नवराजले नेपालमा पनि आफ्नो केरियर बनाउने सोच बनाएका छन् ।

प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]