बैशाख १३, २०८१ बिहीबार

जन्मदिनमा विधार्थीलाई स्टेशनरी

बिर्तामोड । युवा व्यवसायी एवम् सञ्चार उद्यमी सुशिल दाहालले मेचीनगर–४ मा रहेको दिपेन्द्र प्राविका विधार्थीलाई स्टेशनरी सहित खेलकुद सामग्री उपलब्ध गराएका छन् ।

जन्मदिनको अवसरमा उनले आफुले बाल्यकालमा अध्ययन गरेको विधालयमा सो सामग्री हस्तान्तरण गरेका हुन् । दाहालले कपि, पेन्सील, मार्कर र खेलकुद सामग्री सहयोग गरेको जानकारी दिए । आफ्नो जन्मदिनलाई रचनात्मक बनाउने उद्देश्यले अनावश्यक खर्च नगरी विधार्थीलाई सानो सहयोग गरेको बताएका छन् ।

विधालय परिसर पुगेर उनले बाल क्लवका अध्यक्ष मञ्जिन विक, प्रधानाध्यापक शान्ता निरौलालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । उनले सबैलाई जन्मदिन रचनात्मक बनाउन सकिने सन्देश दिएका छन् ।

प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार  १ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]