बैशाख ३१, २०८१ सोमबार

शहिद नेत्र पार्कको नाममा ९ वर्षमा २ करोड ९३ लाख खर्च

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं. ७ मा रहेको शहिद नेत्र पार्कमा २०७१ सालदेखि २ करोड ९३ लाख ३५ हजार ५ सय रुपैयाँ खर्च भएको भएको छ । आर्थिक वर्ष २०७१-७२ देखि निर्माण सुरु गरिएको पार्कमा विभिन्न समय गरेर उक्त रकम खर्च भएको निर्माण समितिका सचिव टिका खरेलले जानकारी दिए ।

करिव तीन करोड हाराहारी खर्चिएको नेत्र पार्क अहिले अलपत्र अवस्थामा छ । वर्षौअघि देखि निर्माण सुरु गरिए पनि सञ्चालन नहुँदा राज्यको ठुलो लगानी खेह्र गइरहेको स्थानीयबासी बताउछन् । नेत्र पार्कको नाममा स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबाट बजेट ल्याउन सजिलो भएपछि त्यसको नेतृत्व तत्कालिन एमाले नेता नरेश खरेलले गरेका थिए ।

करिव तीन करोड लागतमा पार्कभित्र स्वीमिङ पुल, बाल उद्यान, डाइनोसर, पोखरी र प्रवेशद्वार निर्माण गरिएको छ । पार्क प्रवेशद्वार, पिकनिक घर, सरसफाई, बाल उद्यानका लागि ५० लाख खर्च भएको प्राप्त सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : श्रावण १०, २०८० बुधबार  ११ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]