बैशाख ३१, २०८१ सोमबार

सहाराको बदनाम गर्न राजवंशीको प्रयोग, ऋण तिर्न आउछु भनेर युट्युव लिएर पुगिन्

बिर्तामोड । सहारा नेपालको एक ऋणीले सम्झौता बमोजिम कर्जा बुझाउनुको सट्टा बद्नाम गर्दै हिडेको तथ्य फेला परेको छ । झापा चारआली शाखाबाट कर्जा लिएर चारपाने बस्दै आएकी लक्की राजवंशीले संस्थामाथि झुटो लाञ्छना लगाउदै बद्नाम गरेको स्पष्ट भएको छ ।

साउनको पहिलो साता राजवंशीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै कर्जा बुझाएर पनि धनिपुर्जा फिर्ता नपाएको अभिव्यक्ति दिइन् । उनको भिडियो खिच्नेले कर्जा तिरेको प्रमाण पनि मागेको देखिदैन । कर्जा तिर्दा आफुले भौचर नपाएको राजवंशीको तर्क यसअघि नै झुटो सावित भइसकेको थियो ।

राजवंशीले सहाराको चारआली शाखाबाट ०७८ चैत २१ गते ५ लाख ऋण लिएको शाखा प्रमुख गिता अधिकारीले जानकारी दिइन् । साढे ३ कठ्ठा जग्गा धितो राखेर ऋण लिने राजवंशीले ४ लाख ९ हजार ७ सय ७५ रुपैयाँ भुक्तानी गर्न बाँकी देखिन्छ । उनले कर्जा बुझाई सकेको भन्दै दावी गरे पनि कुनै प्रमाण उपलब्ध गराउन सकेकी छैनन् । शाखा प्रमुख अधिकारी भन्छिन्, ‘उहाँसँग विल छ र हामीले भुलवस इन्ट्री गर्न छुटाएका छौं भने पनि मान्न तयार छौं । तर, पैसा नबुझाई जवरजस्ती पैसा बुझाए भन्दै दावी गर्न पाइदैन ।’

चैतमा कर्जा लिएर राजवंशीले कार्तिक महिनादेखि यस प्रकारको लफडा सुरु गरेकी थिइन् । उनले ऋण तिरेको दावी गर्न थालेपछि वडा तहदेखि जिल्ला प्रशासन हुदै इलाका प्रहरी कार्यालय धुलावारीसम्म मुद्धा मामिला भएको थियो । सबै ठाउँमा हुने छलफलमा उनलाई पैसा तिरेको विल पेश गर्न भनिएको थियो । कतै पनि उनले विल पेश गर्न सकिनन् । राजवंशीले तिरेको पैसाको विल सहाराले उपलब्ध गराएकै छ ।

इप्रका धुलावारीमा गत माघमा भएको छलफलका क्रममा राजवंशीले बाँकी कर्जा बुझाउने भन्दै लिखित सम्झौता गरेकी थिइन् । चैतभित्र मिलाउछु भन्ने राजवंशीले असारको पहिलो हप्तासम्म सम्पर्क नगरे पछि कार्यालयको तर्फबाट सम्पर्क गरिएको शाखा प्रमुख अधिकारीको भनाई छ । असार २० गते राजवंशीले २५ गते आएर मिलाउछु भन्दै भनेपछि सहाराका कर्मचारी फर्किएका थिए ।

ऋण तिर्न अन्तिमसम्म तयारी रहेकी राजवंशीले अकास्मात युटुवर लिएर कार्यालय पुगेपछि कर्मचारीहरु चकित भएका थिए । कर्मचारीहरु भन्छन्, ‘पैसा तिरेपछि सिस्टमले आफै म्यासेज पठाउछ, स्टेटमेन्टमा देखिन्छ । यो उहाँको झुटो खेती मात्रै हो । संस्थालाई बद्नाम गर्ने नियत हो ।’

प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]