बैशाख ७, २०८१ शुक्रबार

सताक्षीधाम मन्दिर विकास समितिमा चरम विवाद

विनोद सापकोटा

सताक्षीधाम । निर्वाचित भएको १० वर्ष वित्न लाग्दा पनि संस्थाको साधरणसभा एकै पटक पनि नगर्दा झापाको सताक्षीधाम मन्दिर विकास समिति यतिवेला चरम विवादमा परेको छ ।

पदाधिकारी बीच नै तालमेल नमिल्दा साधरणसभा हुन नसकेको भन्दै समितिका केहि पादधिकारी आरोप प्रत्यारोप गदै उम्किने गरेका छन् । कार्य अवधिको ४ वर्षमा पनि साधरण सभा निर्वाचित समितिले एकै पटक गरेन । कार्यकालको समय गुज्रिएको ५ वर्षमा त झन साधरण सभा गर्ने कुरै भएन ।

सताक्षीधाम मन्दिर बिकास समितिको ०६७ साल पौस १७ निर्वाचन भएको थियो । सो निर्वाचनमा स्थानीय प्रसाद सुब्बाले नेपाली कांग्रेसको समर्थनबाट तत्कालिन सतासीधाम सामुदायिक बनका अध्यक्ष गोपाल श्रेष्ठ (जगत)लाई भारी मत अन्तरले हराउदै अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

समाचार श्रोतका अनुसार सताक्षीधाम मन्दिर विकास समिति स्वायत्त गैह्र सरकारी संस्था भए पनि यसको नविवरण केहि वर्ष देखि भएको छैन । गैह्र सरकारी संस्थाले सरकारलाई वार्षिक कर भुक्तानी गर्नुपर्छ । तर, सताक्षीधाम मन्दिर विकास समितिले सरकारलाई कर समेत भुक्तानी नगरेको समिति कै एक सदस्यले बताए ।

आफुलाई सताक्षीधाम मन्दिर बिकास समितिको पदाधीकारी बताउने अध्यक्ष प्रसाद सुब्बा नेतृत्वको समुह गैह्र कानुनी समिति भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । ‘कुनैपनि सार्वजनिक महत्वको सम्पतीको संरक्षण तीन वटै तहका सरकारले गर्छ । यसका दायित्व शिवसताक्षी नगरमा थपिएको छ, नगरका प्रवक्ता नविन ईजमले भने— बदमासी गर्न कसैलाई छुट छैन नगरले अब नियमन गर्छ ।’ समितिले नत कर तिरेको छ, नत नविकरण नै गरेको छ, नत आर्थिक हिसाव सार्वजनिक नै गरेको छ ।

समितिका अध्यक्ष प्रसाद सुब्बाको मनोमानीले गर्दा सताक्षीधाम मन्दिर बिकास समितिले साधरण सभा गर्न नसकेको एक पदाधिकारीले आरोप लगाए । उनले भने, ‘पटक–पटक साधरण सभा गरौ भनेर अध्यक्ष ज्युलाई आग्रह गर्यौ, उहाँले एक कानले सुन्नुहुन्छ अर्को कानले उडाईदिनुहुन्छ, उनले थप्दै भने — यस्तो अवस्थामा कसरी साधरणसभा होला ? समितिको नियमित मिटिङ्ग पनि हुन सकेको छैन ।

अध्यक्ष सुव्बाले समितिका अन्य पदाधिकारी लगायत सदस्यले साथ नदिएकोले आफु एक्लो भएको बताए । उनले भने, गढबढी कतै केहि छैन । साधारण सभा भने गर्न नसकिएको स्वीकार्नुको विकल्प छैन । तर, अध्यक्ष स्वयम्ले अटेरी गरेपछि धाम विकास समितिको साधरण सभा नभएको हो । समितिको कमजोरी औल्याउने हो भने हात खुट्टाका सबै औला गनेर सकिन्छन्, उनले भने अव साधरण सभा नगर्नुको विकल्प छैन । वार्षिक लेखा परीक्षण गरेपनि आम समुदायका अगाडि सार्वजनिकीकरण नगर्दा अनियमितताको टिकाटिप्णी समेत हुने गरेको धामकै एक आजीवन सदस्यले बताए ।

प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार  ३ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]