जेष्ठ १, २०८१ मंगलबार

व्याङ्गडाँडा मेडिकलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद

शिवसताक्षी । झापा शिवसताक्षीको एक औषधि पसलबाट आइतबार प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट प्रतिबन्धित औषिध ठूलो परिमाणमा बरामद गरेको हो ।

मेडिकलमा चेक जाँचका क्रममा ९ हजार ९ सय ३० थान प्रतिबन्धित ट्रामाडोल औषधि लुकाएर राखेको अवस्थामा फेला परेको स्वास्थ्य कार्यालय झापाका फार्मेसी प्रमुख रमेश बारकोटीले जानकारी दिए । उनले यो औषधि नेपालमा बेचविखन गर्न रोक लगाइएको बताए । उनका अनुसार यस्ता प्रतिबन्धित औषधिहरु पछिल्लो समय लागु औषधको रुपमा प्रयोग भइरहेको जानकारी दिए । उनले भने, जिल्ला स्वास्थ कार्यालयले यस्ता औषधिहरु झापाका विभिन्न स्थानबाट बरामद गर्दै आएको समेत छ । सोही मेडिकलबाट अन्य नेपालमा दर्ता नभएका औषधिहरु पनि फेला परेको छ ।

उक्त मेडिकललाई स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय झिलझिले, शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखा र दुधे बजार विकास समितिको संयुक्त टोलीले सिल गरेको छ । औषधि पसल समेत दर्ता नगरी चलाइएको पाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

त्यसैगरी शिवसताक्षी ६ शिवगञ्ज स्थित निश्चल फार्मेसीमा पनि प्रतिबन्धित औषधी फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उक्त फार्मेसीमा २१६ थान औषधि फेला परेको थियो ।

प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]